back

काठमाडौं विश्वविद्यालयको हल्ट पुरस्कार २०२४–२५ का लागि दर्ता खुला

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु)को हल्ट प्राइज पुरस्कारका लागि दर्ता खुला भएको छ ।

विश्वविद्यालयका विद्यार्थीलाई विश्वका केही अत्यावश्यक सामाजिक समस्याको सामना गर्न प्रेरित गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि दर्ता खुला भएको हो ।

विश्वविद्यालयका विद्यार्थीलाई विश्वका केही अत्यावश्यक सामाजिक समस्याको सामना गर्न प्रेरित गर्न संचालन गर्दै आइएको एक प्रतिष्ठित वार्षिक प्रतियोगिता हो, हल्ट।

यसले विद्यार्थी नवप्रवर्तकहरूलाई सामाजिक प्रभाव सिर्जना गर्न सशक्त गर्दै आएको छ। यस प्रतिस्पर्धाले सहभागीहरूलाई खाद्य सुरक्षा, पानीको पहुँचदेखि लिएर ऊर्जा, वातावरण, रोजगारी तथा शिक्षाको क्षेत्रमा विश्वव्यापी चुनौतिहरूको नवीन समाधानहरू विकास गर्न प्रेरित गर्छ। उचित विचारहरूलाई विश्वमा प्रभाव पार्ने किसिमको व्यवसायमा रुपान्तरण गर्नु नै यसको लक्ष्य रहेको छ।

हल्ट पुरस्कारको विश्वव्यापी विजेतालाई १० लाख अमेरिकी डलर बराबरको स्टार्टअप पुरस्कार प्रदान गरिन्छ ।

२०२४ को हल्ट पुरस्कारका लागि मुख्य विवरण
हल्ट पुरस्कार २०२४(०२५ कोहोर्टको विषयवस्तु, असीमित रहेको छ, जसले सहभागीलाई राष्ट्र संघको दिगो विकास लक्ष्यहरूमध्ये कुनै पनि एकसँग मिल्ने नवीन समाधानहरू विकास गर्ने स्वतन्त्रता प्रदान गर्दछ।

प्रत्येक टोलीमा दुईदेखि चार सदस्यहरू हुनुपर्नेछ । र टोलीका सबै सदस्यहरू स्नातक, स्नातकोत्तर वा पीएचडी जुनसुकै तहबाट भए पनि विश्वविद्यालय स्तरका विद्यार्थी हुनु पर्नेछ । यस वर्षको प्रतियोगिता काठमाडौं विश्वविद्यालयका सातवटा विद्यालयका विद्यार्थीहरूका लागि मात्र नभई अन्य विश्वविद्यालयका विद्यार्थीहरूका लागि पनि खुला रहेको बताइएको छ । यसलाई विविधता, अन्तरसंस्थागत सहकार्य र विचारको समृद्ध आदानप्रदानको माध्यमको रूपमा समेत लिइएको छ ।

केयुको हल्ट पुरस्कारमा भाग लिनुपर्ने कारण
यस प्रतियोगिताले विद्यार्थीहरूलाई विश्वव्यापी मुद्दाहरूलाई सम्बोधन गर्ने अवसर दिँदै उनीहरूको रचनात्मकता, नेतृत्व र उद्यमशीलताको सीपहरू प्रदर्शन गर्नको लागि एक महत्त्वपूर्ण मञ्च प्रदान गर्दछ। सहभागीले मार्गदर्शन, नेटवर्किङ अवसरहरू र स्रोतहरूमा पहुँच पाउँछन् जसले उनीहरूका विचारलाई प्रभावकारी स्टार्टअपमा बदल्न मद्दत गर्दछ।

प्रविधि, दिगो विकास वा सामाजिक रुपान्तरणमा चासो राख्नेहरुलाई हल्ट पुरस्कारले विश्वव्यापी मञ्चमा प्रतिस्पर्धा गरेर आफ्नो छाप छोड्ने एक अद्वितीय अवसर प्रदान गर्नेछ। अब आफ्नो टोली बनाइ आफ्नो रचनात्मकता देखाउन विलम्ब गरिनु हुँदैन । दर्ता अब खुला भइसकेको छ, यस प्रतिस्पर्धामा सहभागी हुनका लागि काठमाडौं विश्वविद्यालयको हल्ट प्राइजको फेसबुक तथा इन्स्टाग्राम पेजमा दर्ता फारम निःशुल्क उपलब्ध छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...