क्रसर निर्माणमुखि सामग्रीसम्बन्धी विधेयक चाँडै संसदमा पुर्याउने तयारीमा छौँ : रामहरी खतिवडा
वि.सं.२०८१ मंसिर ११ मंगलवार
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले नेपालमा क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी विधेयक आगामी अधिवेशनमा संसदमा पुर्याउने तयारीमा लागेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको नव– निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रममा खतिवडाले क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी विधेयक समितिमा आएको भन्दै यसलाई छिटै संसदमा लाने बताएका हुन् ।
खतिवडाले भने, ‘नेपालमा क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी कानुन निर्माण भइ नसकेको अवस्थामा अहिले नेपाल सरकारले राज्य व्यवस्था तथा सुशासन समितिमा यो विधेयक आएर बसेको छ । यसलाई कसैको मुख नहेरी, मेरो र तेरो नभनि यो विधेयकलाई छिटै आगामी अधिवेशनमा संसदमा पुर्याउने तयारीमा लागेको जानकारी गराउन चहान्छु ।’
देशका प्रत्येक उद्योगहरुलाई अनुभुत हुने खालको कानुन निर्माण गर्ने पक्षमा जाने भन्दै यसमा कुनै जाती, पार्टी, समुदाय, नहेरि समग्र देशका लागि आवश्यक पर्ने कानुन निर्माण गर्ने उनको भनाइ छ ।
उनले भने, ‘सहजता र सहजीकरण गर्न हामी निर्माण व्यवसायी र क्रसर व्यवसायीलाई मात्र होईन देशका प्रत्येक उद्योगहरुलाई अथवा पिछडिएको वर्ग र समुदायलाई अनुभुत हुने गरि यो कानुन हाम्रो पक्षमा छ र हामीले कानुन अनुसार काम गर्नुपर्छ भन्ने अनुभूत दिनेगरी यो कानुन निर्माण गर्ने पक्षमा हामी जानेछौँ । यसमा कुनै जाती, पार्टी, समुदाय, भाग नहेरिकन समग्र देशका लागि आवश्यक पर्ने कानुन के छ त्यसलाई हेरेर कानुन निर्माण गर्छौँ ।’
उनले भने, ‘यो विधेयक जस्ताको त्यस्तै पास गर्ने हो भने यो भूभागमा क्रसर व्यवसायीले व्यवसाय गर्न सक्ने अवस्था हुँदैन । तर हामी यसलाई सबैको हितका लागि कुनै मन्त्री र व्यक्तिको सनकको भरमा होइन कानुनको भरमा उद्योग चल्ने र बन्द हुने व्यवस्थाका लागि यो कानुन निर्माण गर्छु ।’
प्रकाशित समय : १५:४५ बजे





















