back

शेयरमा मूल्य तोक्ने योग्य संस्थागत लगानीकर्ताको संख्या ८८ ओटा पुग्यो

काठमाडौं । बुक विल्डिङ बिधिमार्फत निष्कासन हुने शेयरमा मूल्य तोक्ने योग्य लगानीकर्ताको संख्या ८८ ओटा पुगेको छ ।

नेपाल धितोपत्र बोर्डले थप पाँच ओटा कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति दिएपछी ८८ ओटा पुगेको हो ।

बोर्डले आज सिबिआइएएल क्यापिटल लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड–१ , सिटिजन्स म्युचुअल फण्ड–२, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड र कुमारी इक्विटी फण्डलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति प्रदान गरेको हो ।

बोर्डले यस अघि पनि पहिलो चरणमा ४६ कम्पनीहरुलाई, १८ ओटा कम्पनीहरुलाई, तेस्रो चरणमा १० ओटा कम्पनीहरुलाई र चौथो चरणमा ९ कम्पनीहरुलाई स्वीकृति प्रदान गरेको थियो ।

यी लगानीकर्ताहरुले बुक विल्डिङ मार्फत सार्वजनिक निष्कासनमा शेयरको आशय मूल्य तोक्न सहयोग गर्नेछन् र अहिलेको शेयर लिलामी प्रक्रियाकै स्वरुपमा बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन हुनेछ ।

यो विधिमार्फत आईपीओ निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ताहरुबाट आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ ।

आईपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ ।

स्वीकृति प्राप्त गरेका योग्य संस्थागत लगानीकर्ताहरुले आईपीओ निष्कासन गरेको कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजनाका विषयमा अध्ययन पश्चात सुसूचित तवरले मूल्य पेश गरी उचित मूल्य निर्धारणमा सहयोग गर्नुपर्ने हुन्छ ।

मूल्य सीमा निर्धारण पश्चात संस्थागत लगानीकर्ताका लागि ४० प्रतिशत र सर्वसाधारणका लागि ६० प्रतिशत शेयर निष्कासन हुनेछ ।

संस्थागत लगानीकर्ताहरुले भने सूचीकृत भएको मितिले ६ महिनासम्म शेयर कारोबार गर्न सक्ने छैनन् ।

२०७८ जेठ २ गते प्रकाशित ।


बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

वि.सं.२०८२ जेठ १ बिहीवार ११:१२

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डका...

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

वि.सं.२०८२ जेठ १ बिहीवार ११:०८

काठमाडौं । आज जेठ १ गते, बिहीबार, नेपाली बजारमा सुनको...

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:४१

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स...

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३३

काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरी : सिके राउत

विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरी : सिके राउत

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०३

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले विकासमा समन्वय र...