back

शेयरमा मूल्य तोक्ने योग्य संस्थागत लगानीकर्ताको संख्या ८८ ओटा पुग्यो

nactional life

काठमाडौं । बुक विल्डिङ बिधिमार्फत निष्कासन हुने शेयरमा मूल्य तोक्ने योग्य लगानीकर्ताको संख्या ८८ ओटा पुगेको छ ।

नेपाल धितोपत्र बोर्डले थप पाँच ओटा कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति दिएपछी ८८ ओटा पुगेको हो ।

बोर्डले आज सिबिआइएएल क्यापिटल लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड–१ , सिटिजन्स म्युचुअल फण्ड–२, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड र कुमारी इक्विटी फण्डलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति प्रदान गरेको हो ।

बोर्डले यस अघि पनि पहिलो चरणमा ४६ कम्पनीहरुलाई, १८ ओटा कम्पनीहरुलाई, तेस्रो चरणमा १० ओटा कम्पनीहरुलाई र चौथो चरणमा ९ कम्पनीहरुलाई स्वीकृति प्रदान गरेको थियो ।

यी लगानीकर्ताहरुले बुक विल्डिङ मार्फत सार्वजनिक निष्कासनमा शेयरको आशय मूल्य तोक्न सहयोग गर्नेछन् र अहिलेको शेयर लिलामी प्रक्रियाकै स्वरुपमा बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन हुनेछ ।

यो विधिमार्फत आईपीओ निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ताहरुबाट आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ ।

आईपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ ।

स्वीकृति प्राप्त गरेका योग्य संस्थागत लगानीकर्ताहरुले आईपीओ निष्कासन गरेको कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजनाका विषयमा अध्ययन पश्चात सुसूचित तवरले मूल्य पेश गरी उचित मूल्य निर्धारणमा सहयोग गर्नुपर्ने हुन्छ ।

मूल्य सीमा निर्धारण पश्चात संस्थागत लगानीकर्ताका लागि ४० प्रतिशत र सर्वसाधारणका लागि ६० प्रतिशत शेयर निष्कासन हुनेछ ।

संस्थागत लगानीकर्ताहरुले भने सूचीकृत भएको मितिले ६ महिनासम्म शेयर कारोबार गर्न सक्ने छैनन् ।

२०७८ जेठ २ गते प्रकाशित ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना

स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२०

काठमाडौं । सरकारले स्टार्टअप उद्यमको दर्ता, सञ्चालन र व्यवसाय विस्तार...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

इप्पानको २४औं साधारणसभा तथा आठौं अधिवेशन जेष्ठ २९ गते, विधान संशोधनबारे विवादको खण्डन

इप्पानको २४औं साधारणसभा तथा आठौं अधिवेशन जेष्ठ २९ गते, विधान संशोधनबारे विवादको खण्डन

वि.सं.२०८३ जेठ २५ सोमवार १४:२०

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी...