back
skip this Samagra

‘पशुपतिमा दाउरा कमी नहोस्’ : वन मन्त्री

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् ।

पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा शव दाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिएका हुन् ।

कोरोना सङ्क्रमणका कारण दैनिक मृतकको सङ्ख्या बढिरहेको छ ।

सो क्रममा नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक पौडेलले शव जलाउनका लागि आफूहरूसँग कम्तिमा पनि एक महिनाका लागि दाउरा पुग्ने जानकारी दिए ।

उनले भने, “रौतहट, बारा जिल्लाबाट दाउरा ढुवानी भएर आउँदैछ, उक्त दाउरा आइपुगे कम्तिमा पनि एक महिनाका लागि शव जलाउन पुग्ने छ ।” अन्य निजी क्षेत्रसँगको सहकार्यमा दाउरा ल्याउनका लागि पहल भइरहेको महाप्रबन्धक पौडेलले जानकारी दिए ।

पछिल्लो दुई÷तीन यता पशुपतिस्थित आर्यघाटमा कोरोनाका कारण मृत्यु भएका दिनमा कम्तिमा पनि १०० देखि १०४ सम्म शव आउने गरेका छन् ।

पशुपति क्षेत्रस्थित नेपाल वन निगम लिमिटेडको डिपो कार्यालयका इञ्चार्ज द्रोण पोखरेलले कोरोनाबाट मृत्यु भएकाको एक शव जलाउन कम्तिमा चार क्विन्टल दाउरा लाग्ने गरेको जानकारी दिए ।

उनले भने, “कोभिड नभएकाको शव जलाउन दुई क्विन्टल जति दाउरा आवश्यक पर्ने गरेकोमा अहिले कोभिडबाट मृत्यु भएकाको शव जलाउन दोब्बर दाउरा आवश्यक पर्छ ।” रासस

२०७८ जेठ २ गते प्रकाशित ।


निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०९

नेपालमा निर्माण क्षेत्रमा काम गर्ने समय भनेको मंसिरदेखि जेठसम्म हो...

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

वि.सं.२०८० फागुन ४ शुक्रवार १३:१४

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८...

संकटपूर्ण अर्थतन्त्रको राजनीतिक रुपमा समधान दिनुपर्छ : अर्थविद् विष्ट

संकटपूर्ण अर्थतन्त्रको राजनीतिक रुपमा समधान दिनुपर्छ : अर्थविद् विष्ट

वि.सं.२०८० फागुन २ बुधवार २१:०४

मुलुकको अर्थतन्त्र अहिले संकट तथा आर्थिक मन्दीको अवस्थामा छ ।...

३ महिनालाई धान्ने पेट्रोलियम पदार्थको भण्डारण गर्ने तयारीमा छौं : निमित्त कार्यकारी निर्देशक साह

३ महिनालाई धान्ने पेट्रोलियम पदार्थको भण्डारण गर्ने तयारीमा छौं : निमित्त कार्यकारी निर्देशक साह

वि.सं.२०८० माघ २५ बिहीवार १०:२२

काठमाडौं । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल, १ अर्ब ९३ करोडलागत लाग्ने प्रारम्भिक अनुमान

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल, १ अर्ब ९३ करोडलागत लाग्ने प्रारम्भिक अनुमान

वि.सं.२०८० माघ १७ बुधवार १३:४८

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुग्ण अवस्थामा रहेको हेटौँडा...

तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लाग्यो,सम्मेलन वैशाख १६ र १७ गते हुने

तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लाग्यो,सम्मेलन वैशाख १६ र १७ गते हुने

वि.सं.२०८० माघ १६ मंगलवार १३:४१

काठमाडौँ  । आगामी वैशाख १६ र १७ गते (अप्रिल २८...