back

क्यान महासंघका महासचिव अधिकारी नास्टको आईसीटी उपसमिति सदस्यमा मनोनित

काठमाडौं । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को सञ्चार तथा सूचना प्रविधि (आईसीटी) उपसमितिमा सदस्यको रूपमा मनोनित भएका छन् ।

नास्टको व्यवस्थापन परिषद्को ३०७औं बैठकले गरेको निर्णयअनुसार विभिन्न उपसमितिहरूको पुनर्गठन गर्दै आईसीटी समितिमा अधिकारीलाई मनोनयन गरिएको हो ।

समितिमा मनोनित भएसँगै अधिकारीले आफ्नो विज्ञता अनुसार प्रविधि क्षेत्रको उत्थानमा कार्य गर्ने प्रतिबद्धता जनाए ।

उपसमितिको संयोजकको रूपमा प्राडा. सुवर्ण शाक्य रहेका छन् । सदस्यहरूमा चिरञ्जीवी अधिकारीसहित प्राडा. मनिष पोखरेल, डा. बाबुराम दवाडी, डा. भोजराज घिमिरे र गुणकेशरी प्रधान रहेका छन् । यसैगरी प्रदीप ढोडारी सदस्य सचिवको भूमिकामा रहेका छन् ।

नास्टले विभिन्न विषयगत वैज्ञानिक उपसमितिहरू गठन गर्दै आएको छ । आईसीटी उपसमिति प्रविधि क्षेत्रमा महत्त्वपूर्ण निर्णय र सुधारका लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा रहने बताइएको छ ।

चिरञ्जीवी अधिकारी सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभेशनका निवर्तमान अध्यक्ष इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष हुन् ।

विगत दुई दशकदेखि साइबर सुरक्षा विषयमा प्राध्यापन समेत गर्दै आएका अधिकारी हाल सफ्ट्वरिका कलेज र टेक्सास कलेजमा अध्यापन गर्दै आएका छन् । अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका छन् साथै आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्त्वपूर्ण विषयमा काम गरेका छन् ।

अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका छन् साथै इन्फर्मेसन सेक्युरिटी, आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्त्वपूर्ण विषयमा काम गरेका छन् ।

अधिकारीले आईसीटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्धालाई प्राथमिकताका साथ उठाउँदै आएका छन् । साथै सूचना प्रविधि सम्बन्धी नीति निर्माणमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान दिँदै आएका छन्

 


प्रधानमन्त्रीसँग काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सुरु विन्दुको समस्याबारे छलफल

प्रधानमन्त्रीसँग काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सुरु विन्दुको समस्याबारे छलफल

वि.सं.२०८२ जेठ २६ सोमवार १७:५२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको...

प्रधानमन्त्री मधेश प्रदेशमा : ६४ सडकको एकैसाथ शिलान्यास

प्रधानमन्त्री मधेश प्रदेशमा : ६४ सडकको एकैसाथ शिलान्यास

वि.सं.२०८२ जेठ १८ आइतवार १६:०८

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको गौरवको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

वि.सं.२०८२ जेठ १८ आइतवार ११:४६

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल...

सुनचाँदीको मूल्य सामान्य बढ्यो

सुनचाँदीको मूल्य सामान्य बढ्यो

वि.सं.२०८२ जेठ १८ आइतवार ११:३२

काठमाडौं । साताको  पहिलो  कारोवार दिन आइतबार नेपाली बजारमा सुनको...

विश्व दुध दिवस : मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्न माग

विश्व दुध दिवस : मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्न माग

वि.सं.२०८२ जेठ १६ शुक्रवार १७:२०

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा एवं राष्ट्रिय दुग्ध विकास...

हीरक जयन्ती मनाउँदै चेम्बर अफ कमर्स, लोगो सार्वजनिक

हीरक जयन्ती मनाउँदै चेम्बर अफ कमर्स, लोगो सार्वजनिक

वि.सं.२०८२ जेठ १६ शुक्रवार १७:१८

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७५ औं वार्षिकोत्सवको तयारी...