back

तिहार फ्लोरा एक्सपो सम्पन्न, पाँच दिनमा ७२ लाखको कारोबार

काठमाडौं । तिहार फ्लोरा एक्स्पो २०८१ सम्पन्न भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा तिहारको महोत्सव फूलको उत्सव भन्ने नारा सहित शुक्रवारबाट काठमाडौको भृकुटीमण्डपमा पाँच दिन ,मगलबार सम्म चलेको एक्स्पोमा ७२ लाखको कारोबार भएको छ ।

एक्स्पोमा ४० हजार बढीले अवलोकन गरेको एक्स्पोकी सयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिए । फूल तथा नर्सरी र नर्सरीजन्य उत्पादनको परनिर्भरतालाई कम् गरी स्वदेशी उत्पादनलार्ई बृद्धि गर्ने उदेश्यले तिहार लक्षित तिहार फ्लोरा एक्सपो सफल भएको संघमा अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए । व्यवसायी र उपभोक्ताको दुरी घटाउने र नर्सरी ब्यवसायीहरुले उत्पादन गरेका कृर्षि तथा बन जडीबुटी नर्सरी फलफूल औजार उपकरण सबै एकै थलोमा भएकाले अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो अध्यक्ष तिमिल्सिनाको भने ।

तिहार फ्लोरा एक्सपोमा बिभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल बिरुवाहरु लगायत कृषि तथा बन जडीबुटी , औजार उपकरण , मल सबै गरी ६५ वटा ब्यवसायीक स्टर राखिएको थियो ।

तिहार फ्लोराएक्स्पो २०८१ को समापन कार्यक्रममा बोल्दै , पुर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका पार्टी प्रबक्ता अग्नी साप्कोटाले नेपाललाई ग्रीन डेभलपमेन्ट तर्फ लैजानु पर्ने बताउनु भयो ,अन्य बिकास संगै ग्रीन डेभलपमेन्टको आवश्यक्ता नेपालमा रहेको सापकोटाको भनाई थियो । नर्सरी व्यवसायलाई प्रोत्साहन गर्न सके युवाहरुलाई बिदेश पलायन हुन बाट रोक्न सकिने र नर्सरी व्यवसायको को बिस्तार गरी ग्रीनरी डेभलपमेन्ट तर्फ लाग्नु पर्ने सापकोटाको भनाई थियो ।

नर्सरी ब्यवसायीहरुको माग अनुसार नेपालमा रहेको बाझो जग्गा नर्सरी ब्यवसायको लागि लिजमा दिने प्रकृया मिलाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता सापकोटाले गरे ।


महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार २३ सोमवार १९:११

काठमाडौं । महिला आर्थिक पत्रकारहरुका लागि बीमा सम्बन्धी एक दिने...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

वि.सं.२०८२ असार २३ सोमवार ११:१२

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

वि.सं.२०८२ असार १९ बिहीवार १५:३०

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत...

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

वि.सं.२०८२ असार १९ बिहीवार १५:१२

काठमाडौं । हाइटार–शीतलपाटी ४०० केभी र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण...

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ :मन्त्री भण्डारी

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ :मन्त्री भण्डारी

वि.सं.२०८२ असार १७ मंगलवार १६:१३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह...

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

वि.सं.२०८२ असार १७ मंगलवार १६:०७

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यबस्थामा रहेका...