back

त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा

दमौली । गत असोज ११ र १२ गतेको अविरल वर्षापछि त्रिशूली नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । त्रिशूली नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेको झोलुङ्गे पुल जोखिममा परेको हो ।

बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी–५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । घुमाउनेमा निर्माणाधीन पक्की पुल विगत १० वर्षदेखि अलपत्र हुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतका लागि यो पुलमात्रै विकल्प हो । पुल पनि बाढीले जोखिममा परेपछि हिँडडुलमा समस्या भएको वडाध्यक्ष गुरुङको भनाइ छ । उनले भने, “घुमाउनेका सर्वसाधारण यही पुल प्रयोग गरी मुग्लिन–नारायणगढ खण्डमा निस्किएर यात्रा गर्छन्, पुल खतरामा परेको छ ।”

दसैँ सुरु भएसँगै सर्वसाधारणको आवतजावत बढेको र पुलको जोखिमका कारण समय मिलाएर पुल वारपार गर्ने व्यवस्था मिलाइएको गुरुङले बताए । बाढीले गर्दा पुल नै कोल्टिएको छ । यसैबीच गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमान र आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानले शुक्रबार उक्त पुलको अवलोकन गरेका छन् ।

झोलुङ्गे पुल जोखिममा पर्दा यस भेगका जनतालाई आवतजावतमा असुविधा भएकाले उक्त पुलको गाउँपालिकाले मर्मत गर्ने अध्यक्ष चुमानले बताए । उनले भने, “प्राविधिकसहितको टोलीले पुलको अवलोकन गरेको छ, दसैँका बेला सर्वसाधारणलाई सहज रुपमा आवतजावत मिलाउन तत्कालै यो पुलको मर्मत गर्छौं ।”

बुद्धसिंह मार्गअन्तर्गत पर्ने यो पुल हुँदै चितवन निस्कन मिल्छ । सदरमुकाम दमौलीबाट बुद्धसिंह मार्ग प्रयोग गर्दै मोटरसाइकलमा यहाँबाट यात्रा गर्न सकिन्छ । सोही पुल नजिकै पक्की पुल निर्माण सुरु भएको १० वर्ष भए पनि पुलको प्रगति जम्मा ४० प्रतिशत मात्रै छ ।


महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार २३ सोमवार १९:११

काठमाडौं । महिला आर्थिक पत्रकारहरुका लागि बीमा सम्बन्धी एक दिने...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

वि.सं.२०८२ असार २३ सोमवार ११:१२

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

वि.सं.२०८२ असार १९ बिहीवार १५:३०

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत...

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

वि.सं.२०८२ असार १९ बिहीवार १५:१२

काठमाडौं । हाइटार–शीतलपाटी ४०० केभी र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण...

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ :मन्त्री भण्डारी

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ :मन्त्री भण्डारी

वि.सं.२०८२ असार १७ मंगलवार १६:१३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह...

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

वि.सं.२०८२ असार १७ मंगलवार १६:०७

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यबस्थामा रहेका...