back

सोट्टो नेपाल र बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा बुढानिलकण्ठ मन्दिरदेखि डाँडागाउँसम्मको उत्कृष्ट पदयात्रा

काठमाडौं । ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो नेपाल) र बुढानिलकण्ठ नगरपालिकाद्धारा संयुक्तरुपमा आयोजित एक दिवसीय पदयात्रा गरिएको छ । एक दिवसीय पदयात्राले बुढानिलकण्ठ नगरपालिकाभित्रको उत्कृष्ट सांस्कृतिक र प्राकृतिक सम्पदाको उजागर गरेको छ ।

यस वर्षको पर्यटन दिवसको नारा ‘पर्यटन र शान्ति’ भएको र सोही सन्देशसहित बुढानिलकण्ठ मन्दिर–मुहानपोखरी–विष्णुद्धार–डाँडागाउँ होमस्टेसम्मको प्रचार प्रसार एवं प्रवद्र्धन गरिएको हो । नेपाल पर्यटन बोर्ड, बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्ड, पर्यटन कार्यालय, उद्योग वाणिज्य संघका प्रतिनिधि, पर्यटन व्यवसायीसहित करिब २०० जनाको उपस्थितिमा एक दिवसीय पदयात्रा सम्पन्न गरिएको हो ।

त्यस अवसरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक छटा र त्यस क्षेत्रको सांस्कृतिक महत्व एवं होमस्टेको अर्गानिक खाना लगायत त्यहाँको सम्पदाबारे नगरपालिकाले सबैलाई जानकारी दिँदै घुमौं बुढानिलकण्ठ भन्ने अभियानका साथ नगरपालिका अगाडि बढेको जानकारी गराएको थियो । नगरपालिकाकी उपेमयर अनिता लामाले पदयात्रा समापनमा डाँडागाउँसम्मको संस्कृति र प्रकृतिको सदुपयोगमार्फत अर्थोपार्जनको उपयुक्त माध्यम बनाउन आफूहरु लागिरहेको जानकारी दिइन् । त्यहाँको पदयात्रालाई बिक्री गर्न योग्य बनाउन सबै मिलेर लाग्नुपर्नेमा उनले जोड दिइन् ।

पदयात्रा समापन गर्दै सोट्टो नेपालका अध्यक्ष भुवन पाण्डेले सबै दल र तीन तहको सरकार मिलेमा पर्यटन दिवसको नाराअनुरुप पर्यटन र शान्ति कायम हुने बताउँदै सांस्कृतिक एवं प्राकृतिक सम्पदामार्फत पाहुनालाई पटक–पटक आउने बनाउन सबै मिलेर लाग्नुपर्ने बताए । पर्यटकलाई आफ्नो यात्रा सम्झनयोग्य बनाइदिन सबैको सहकार्य आवश्यक भएकोमा उनले जोड दिए । आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि गर्न राज्यले ध्यान दिनुपर्ने भन्दै उनले स्थानीय पालिकाले बजेट छुट्याएर पूर्वाधार सहज बनाइदिनुपर्ने भनाइ राखे ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले नयाँ–नयाँ रुट प्रवद्र्धन गर्न सोट्टो नेपालले खेलेको भूमिकाप्रति प्रशंशा व्यक्त गर्दै बोर्डले प्रचार प्रसार एवं प्रवद्र्धनका लागि संधै सघाउने बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्यमशिलता विकासमा होमस्टेले सहयोग गरिरहेको भन्दै पर्यटनमा आकर्षण बढाउन बजारीकरणमा ध्यान दिनुपर्ने बताए । नेपाल पर्यटन बोर्डका पूर्व उपाध्यक्ष चन्द्र रिजालले अमेरिका जापानमा भन्दा पनि नेपालको पदयात्रा पर्यटन उन्नत रहेको भन्दै यस्ता क्षेत्रको उजागर गर्न सोट्टो नेपाल आक्रमक ढंगले लागेकोमा प्रशंशा व्यक्त गरे । सोट्टो नेपालका पूर्व अध्यक्ष यम खड्काले निकुञ्जको प्रकृति नमासिने गरी सहज संरचना बन्नुपर्ने भन्दै बुढानिलकण्ठ मन्दिरसँगै त्यस क्षेत्रको प्रकृतिको सदुपयोगमा नगरपालिकाले पहल लिनुपर्ने धारणा राखे । बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्डका अध्यक्ष अर्जुन पाण्डेले त्यस क्षेत्रको प्रचार प्रसारमा सबैको सहयोग आवश्यक रहेको धारणा राखे ।

बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्डकी सदस्य एवं पर्यटन व्यवसायी जया बरालले त्यहाँ होमस्टेको मिठो खाना र आतिथ्यताले सबैको मन जितेको भन्दै विश्व प्रसिद्ध पॉच तारे चेन होटल लेमन ट्रि प्रिमियर, होलिडे इन रिसोर्टका साथै रेजेन्टा सब्रिना९रोयल अरकिड होटल ग्रुप० देिख ३र ४ तारे होटलहरु तथा नन्स्टार होटलहरु रहेको र पर्यटकहरुलाई त्यस क्षेत्रमा बस्न कुनै समस्या नहुने जानकारी दिइन् । जुनसुकै स्तरका आन्तरिक तथा बाह्य पर्यटकलाई बुढानिलकण्ठले स्वागत गर्ने जानकारी दिँदै बरालले शान्तिको खोजि गर्न ध्यान र मेडिटेशन गर्ने प्रसिद्ध विपश्यना ध्यान केन्द्र, नागी गुुम्बा, इश्कोन मंन्दिरहरु पनि त्यहाँका उत्कृष्ट सम्पदा रहेको जानकारी दिइन् ।

सोट्टो नेपालले हरेक वर्ष विश्व पर्यटन दिवसको अवसर पारेर कुनै एक नयाँ गन्तव्यको हाइकिङ९पदयात्रा० गरी त्यसको उजागर गर्दै आइरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...