सिनामंगलमा पाँच करोडको लगानीमा सञ्चालनमा आयो होटल रोयल एयरपोर्ट
वि.सं.२०८१ साउन २६ शनिवार
काठमाडौं । युवाहरुको समुह मिलेर पाँच करोड भन्दा बढीको लगानीमाकाठमाडौंको सिनामंगल स्थति होटल रोयल एयरपोेर्ट सञ्चालनमाआएको छ ।
शुक्रबार बागमति प्रदेशका माननीय संस्कृति पर्यटन तथासहकारी मन्त्री विमल ठकुरीले होटलको उद्घाटन गर्नु भएको हो ।
होटल उद्घाटनको क्रममा बोल्दै माननीय मन्त्री विमल ठकुरीले नेपालकोआर्थिक विकासका लागि पर्यटन उद्ययोग महत्वपूर्ण क्षेत्र भएकाले यसकोप्रर्वद्धनमा सबैको हातेमालो आवश्यक रहेको बताउनु भयो । “पर्यटनउद्ययोगको विकासमा व्यवसायीका लागि आवश्यक सहजीकरणका लागि मसँधै तत्पर छु” उहाँले भन्नु भयो, “अझ तपाईहरु जस्ता युवाहरु जो योउद्ययोगमा आउनु भएको छ र आउँदै हुनुहुन्छ उहाँहरु मेरो थप सहयोग रसहकार्य रहने छ ।
माननीय मन्त्री ठकुरीले यस क्षेत्रका युवा व्यवसायीहरुसँग चाँडै बसेर यसक्षेत्रमा लगानी प्रर्वद्धनका लागि आवश्यक पहल चाल्ने प्रतिवद्धता समेतव्यक्त गर्नुभयो । अन्त्यमा उहाँले युवाहरु मिलेर सञ्चालनमा आएको होटलरोयल एरपोर्टको सफलताका लागि व्यवसायीहरुलाइ शुभकामना समेतव्यक्त गर्नुभयो ।
कार्यक्रममा होटल व्यवसायी तथा होटल रोयल एरपोर्टका अध्यक्ष नवराजश्रेष्ठले सिन्धुलीका युवा व्यवसायीहरुको समुह मिलेर पाँच करोड भन्दाबढीको लगानीमा यो होटल सञ्चालनमा आएको बताउनु भयो ।
३४ वटारुमको सहितको यो होटलमा ५० शैया रहेका छन् । दुइसय जना भन्दा बढीक्षमताका हल, बैठक कक्ष सहितको शान्त वातावरणमा सञ्चालनमाआएको यो होटल एरपोर्ट हुँदै आउने आन्तरिक तथा वाह्य पर्यटकलाई बढीलक्षित गरेर सञ्चालनमा ल्यएका हौं,” अध्यक्ष श्रेष्ठ बताउनु भयो ।
उहाँले होटल रोयल एयरपोर्ट जस्ता होटलहरुले नेपालको पर्यटन उद्ययोगमाठुलो टेवा पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो ।
प्रकाशित समय : १७:४६ बजे