back

महालेखापरीक्षकको वेबसाइटमा स्थानीय तहको बेरुजु विवरण राख्न थालियो

काठमाडौँ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक प्रयोग गरेपछि मात्रै स्थानीय तहको बेरुजुसम्बन्धी विवरण महालेखापरीक्षकको कार्यालयले वेबसाइटमा राख्न थालेको बताउनुभएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले बुधबार यहाँ आयोजना गरेको सूचनामा दिगो पहुँच कार्यक्रमअन्तर्गत प्रशिक्षक प्रशिक्षण निर्देशिका, २०८१ को पाठ्यक्रमसम्बन्धी छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । महालेखापरीक्षकको कार्यालयले पहिले स्थानीय तहको बेरुजुसम्बन्धी विवरण वेबसाइटमा राख्ने गरे पनि नकारात्मक सन्देश गएको भन्ने दबाबका आधारमा बन्द गरेकामा सूचनाको हक प्रयोग गरेर माग हुन थालेपछि आयोगकै निर्देशनमा फेरि राख्ने व्यवस्था भएको उहाँले जानकारी दिनुभयो ।

दिगो विकास लक्ष्यमा पनि सूचनाको हक रहेको उल्लेख गर्नुुुहुँदै प्रमुख आयुक्त गुरुङले सुशासन स्थापनाका लागि औजारका रूपमा यसको उपयोग भइरहेको बताउनुभयो । सूचनाको हकसम्बन्धी कानुन सबै सार्वजनिक निकायमा लागू हुने भएकाले पनि यसको प्रभावकारिता बढिरहेको उहाँको भनाइ छ ।

आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकलाई नागरिक कर्तव्यका रूपमा अघि बढाउनुपर्ने भन्नुहुँदै लोक सेवा आयोगको तयारीका क्रममा सूचनाको हक पढेर उत्तीर्ण भएकाहरूले प्रशासकीय अधिकृत भएर गएपछि सूचना लुकाउने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो । श्रीलङ्कामा सूचना नदिनेलाई सूचना आयोगले नै दुई वर्ष जेलमा राख्न सक्ने कानुनको व्यवस्था भएकाले प्रभावकारी भइरहेकाले नेपालमा पनि यस्तै व्यवस्था गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रशिक्षक प्रशिक्षणका लागि पाठ्यक्रमका लागि विज्ञको रूपमा काम गरिरहनुभएका प्राध्यापक चीरञ्जीवी खनालले हरेक समुदायलाई सूचनाको हक बुझाउने गरी पाठ्यक्रम निर्माण भइरहेको जानकारी दिनुभयो । सूचनाको हक कार्यान्वयनका लागि पाठ्यक्रमले सहयोग गर्ने उहाँको भनाइ थियो ।

पाठ्यक्रम निर्माणमा सक्रिय वरिष्ठ पत्रकार कपिल काफ्लेले भ्रष्टाचारविरुद्ध सशक्त औजारका रूपमा सूचनाको हक प्रयोग हुन नसकेकाले भ्रष्टाचार बढिरहेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष उमीद बागचन्दले विगतमा सूचनाको हकसम्बन्धी प्रशिक्षणका नाममा कानुनमात्र पढाउने गरिएकामा पाठ्यक्रम बनाएर व्यवस्थित रूपमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । विषय विज्ञको सहायता लिई बनाइएको पाठ्यक्रमका आधारमा एक हप्तापछि नै तालिम दिइने उहाँले जानकारी दिनुभयो ।

 


वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर सूचना सम्प्रेषण गर्नु जरुरी छ डेपुटी सिइओ पाण्डे

वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर सूचना सम्प्रेषण गर्नु जरुरी छ डेपुटी सिइओ पाण्डे

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५७

काठमाडौंं । नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)...

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ: डेपुटी गभर्नर मिश्र

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ: डेपुटी गभर्नर मिश्र

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५४

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले...

कर्जाको माग बढाउने गरि आगामी आवको मौद्रिक नीति आउनुपर्छः योजना आयोग सदस्य श्रेष्ठ

कर्जाको माग बढाउने गरि आगामी आवको मौद्रिक नीति आउनुपर्छः योजना आयोग सदस्य श्रेष्ठ

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५१

काठमाडौं ।  राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले रियल सेक्टर...

६६ अर्ब बढी लगानी डुब्ने अवस्था आएपछि इप्पानले घोषणा ग¥यो आन्दोलन, यस्ता छन् कार्यक्रम

६६ अर्ब बढी लगानी डुब्ने अवस्था आएपछि इप्पानले घोषणा ग¥यो आन्दोलन, यस्ता छन् कार्यक्रम

वि.सं.२०८२ असार ५ बिहीवार २०:३६

काठमाडौं । टेक एण्ड पे पीपीए सम्बन्धी प्रावधान हटाउने सम्बन्धमा...

ड्रोनबाट यस्तो देखियो, बलम्बु फ्लाईओभर

ड्रोनबाट यस्तो देखियो, बलम्बु फ्लाईओभर

वि.सं.२०८२ असार ५ बिहीवार २०:०३

काठमाडौंको नागढुंगा बलम्बु–सिस्नेखोला सुरूङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न चन्द्रागिरि नगरपालिकाको...

१ अर्ब ६० करोडको लगानीमा म्यारियट मक्सी होटलको तयारी

१ अर्ब ६० करोडको लगानीमा म्यारियट मक्सी होटलको तयारी

वि.सं.२०८२ असार ५ बिहीवार १९:४५

काठमाडौं । करिब ६ बर्षअघि काठमाडौंको नागपोखरीमा पाँचतारे म्यारियट होटल...