back

एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो ।

कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ । पुलमा २५ मिटर उचाइसहितको भ्यूटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ ।

नेपालकै चार धाममध्येको एक धाम रुरुक्षेत्र धाम रिडीमा गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।

कालीगण्डकी नदीमाथि निर्माण गरिएको आकर्षक पुल हेर्नका लागि आन्तरिक पर्यटकको पछिल्लो समयमा चहलपहल बढेको हो ।

निर्माण थालनी गरिएको सात वर्षसम्म पुलको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दा निरुत्साहित बनेका थिए । तर पछिल्लो दुई वर्षयता पुल निर्माणले गतिमा लिएकोे हो ।

अहिले पुलको दुईतिर जाली, लाइटिङ, टपमा सोलार र भ¥याङ, रेलिङ निर्माण र झण्डा राख्ने संरचना निर्माणको काम भइरहेको छ ।

आगामी वैशाख महिनाभित्र सम्पूर्ण काम पूरा गरी पुलको उद्घाटन गर्ने तयारीमा रहेको लभलीना कन्स्ट्रक्शनका निर्माण व्यवसायी सुशान्त यादवले बताए ।

कालीगण्डकी नदीमा बाढी, पहिरो, कोरोना, आर्थिक अभावले समयमै पुलको निर्माण सम्पन्न गर्न झमेला भएको उउनले बताए ।

९ करोड ८८ लाख २६ हजार ३३२ मा नयाँ बाटो रुबिना मना जेभीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वधार विभागअन्तर्गतको झोलुङ्गे पुल शाखासँग पुलको ठेक्का सम्झौता गरेको थियो ।

पुल निर्माण अन्तिम चरणमा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने देखिएको छ । स्थानीय बासिन्दा विष्णु परियारका अनुसार पुलमा टहलिन आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन् ।

कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेश मन्दिरको दर्शन गरी सो पुलमा पुगी रमाइलो गरी गन्तव्य फर्किन थालेको उहाँले बताउनुभयो । विसं २०७१ मङ्सिर १५ गते निर्माण थालिएको थियो ।


आज सुनको भाउ स्थिर

आज सुनको भाउ स्थिर

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:५७

काठमाडौँ । सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी...

सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठक, सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय

सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठक, सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय

वि.सं.२०८१ मंसिर २५ मंगलवार १६:४८

काठमाडौं । सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी...

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

वि.सं.२०८१ मंसिर २४ सोमवार ११:१९

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक...

निजामती ऐनमा थारुहरुको सहभागिता नभएकोमा मन्त्रीको गुनासो

निजामती ऐनमा थारुहरुको सहभागिता नभएकोमा मन्त्रीको गुनासो

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०१

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निजामती ऐनमा थारुहरुलाई...

प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यद्वारा मानवसेवा आश्रमको शाखा उद्घाटन

प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यद्वारा मानवसेवा आश्रमको शाखा उद्घाटन

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका...

एनपीईए र एमच्यामबीच लगानी र आर्थिक विकासका लागि सहकार्य

एनपीईए र एमच्यामबीच लगानी र आर्थिक विकासका लागि सहकार्य

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:५१

काठमाडौं । नेपालमा द्विपक्षीय लगानी तथा आर्थिक विकासका लागि नेपाल...