back
himalayan life

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यी ४ तरिकाबाट हेर्नुस् रिजल्ट

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज (मंगलबार) ग्लोबल आइएमई क्यापिटल लक्ष्मण बाबु भवन नक्साल काठमाडौंमा बाँडफाँट सम्पन्न गरिएको हो ।

कम्पनीको आईपीओमा २१ लाख ७१ हजार ७४० जना आवेदकको २ करोड ४४ लाख ७१० कित्ताका लागि आवेदन परेकोमा २१ लाख ६८ हजार १ सय जना आवेदकले २ करोड ४३ लाख ५८ हजार ५१० कित्ता मात्रै भेरिफाई भएको क्यापिटलले जनाएको छ ।

३ हजार ६४० जनाको आवेदन रद्द भएको छ ।

आईपीओको लक्की नम्बर ९ र ५ छनोट भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । १० कित्ताका दरले बाँडफाँट गर्दा कम्पनीको आईपीओ १ लाख ६६ हजार ३४५ जनाले मात्रै पाएका छन् ।

१० कित्ताका दरले बाँडफाँट गर्दा ३ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ३ कित्ता थप गरेर ३ जनालाई ११ कित्ताका दरले दिईएको छ । कम्पनीको आईपीओमा आवेदन दिएका लगानीकर्ता मध्ये बाँकी सबैको हात रित्तो भएको छ ।

कम्पनीले चैत १६ गते बुधबारदेखि चैत्र २१ गते सोमबारसम्म आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
जसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको थियो ।

कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भईसकेकाले विभिन्न तरिकाले रिजल्ट हेर्न सकिन्छ ।
ग्लोबल आइएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check,
सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login,
सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट र कम्पनीको वेबसाइट https://balephihydro.com/ बाट हेर्न सकिने छ ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्।

https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check

https://meroshare.cdsc.com.np/#/login

https://iporesult.cdsc.com.np/

Home 1

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

झिनो अंकले सेयर बजारमा गिरावट, यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

झिनो अंकले सेयर बजारमा गिरावट, यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...