back

विश्वको सबैभन्दा ठूलो बाथरुम उत्पादन गर्ने कम्पनीको नेपालमा बाथरूम प्रोडक्ट्स रोकाको ८वटा नयाँ शोरुमको उद्घाटन

काठमाडौं । विश्वको अग्रणी सेनेटरीवेयर स्पेस र प्रिमियम बाथरूम समाधानमा अग्रगामी कम्पनी रोका बाथरूम प्रोडक्ट्स प्रा.लि (RBPPL) ले निरन्तर बढ्दो ब्रान्ड इको सिस्टमको फाइदा उठाउन नेपालमा ८ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ ।

कम्पनीले नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, बुटवल र भैरहवामा आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन नयाँ शोरुमको विश्तार गरेको हो ।

कम्पनीले श्री केई रंगनाथन, प्रबन्ध निर्देशक, रोका बाथरूम प्रोडक्ट्स प्रा.लिको नेपाल भ्रमणको अवसर पारि ८ वटा नयाँशोरुम, ५ वटा ब्रान्ड प्यारीवेयर र ३ वटा ब्रान्ड रोकाको उद्घाटन गरेको हो ।

ब्रान्ड प्यारीवेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २०% को बजार हिस्सा पाएको छ । विश्वको नम्बर १ बाथरूम निर्माता र युरोपेली ब्रान्ड रोका संसारका १८० भन्दा बढी देशहरूमा अवस्थित छ ।

रोकासँग नेपालमा प्रिमियम बजार हिस्सा छ र यसको नेपालमा व्यापार उच्च वृद्धिको चरणमा रहेको छ ।
कम्पनीका लक्जरी ब्राण्ड अरमानी रोका र लाउफेन बलियो रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा छन् ।

यी नया ँशोरुमहरूको सुरुवात सँगै, ब्रान्डले नेपालमा बलियो उपस्थिति जनाउँदै जनतचाको विश्वास जित्ने लक्ष्य राखेको छ ।

शोरुमको शुभारम्भको अवसरमा बोल्दै रोका बाथरूम प्रोडक्ट्स प्रालिका प्रबन्ध निर्देशक श्री केई रंगनाथनले भने, “हामी हाम्रो पहुँच विस्तार गर्न र हाम्रो ब्रान्डको सफलतामा योगदान पु¥याउने नेपाली बजारमा बलियो उपस्थिति राख्न पाउँद ा खुसी छौं ।

हामी यस्ता बजारहरूमा हाम्रो खुद्रा उपस्थितिलाई सुदृढ गर्न जारी राख्नेछौं जहाँहामीले बलियो उपस्थिति स्थापित गरेका छौं र हाम्रा ग्राहकहरूको लागि सुविधाजनक र उत्कृष्ट अनुभव सुनिश्चित गर्दै हाम्रा फरक उत्पादनहरू, सेवाहरू र आश्वासनहरूका साथ नयाँ बजारहरूमा प्रवेश गर्नेछौं ।

उनले थपे, “हामी बजारमा लगानी, नयाँ उत्पादन र गुणस्तरियतामा केन्द्रित भएर हाम्रो बलियो उपस्थितिलाई निरन्तरता दिने महत्वाकांक्षी योजना छ ।“

रोका विश्वको सबैभन्दा ठूलो बाथरुम उत्पादन गर्ने कम्पनी भएकोले ग्राहकहरुका लागि हाम्रो उत्पादनहरुले सन्तुष्ट दिने विश्वास गर्दछ र ग्राहकहरुलाई उनीहरुको आवश्यकता अनुसार स्पष्ट रुपमा उत्पादनहरु छनोट गर्न मद्दत गर्दछ ।

ग्राहकहरूलाई अनौठो किनमेल अनुभव प्रदान गर्न प्यारीवेयर सँग नेपालभर १०० भन्दा बढी आउटलेटहरू छन् ।

विश्व नम्बर १ रोका ब्रान्डका नेपालमा १५ भन्दा बढि हाई एन्ड शोरुमहरू छन् जसले उच्च स्तरका ग्राहकहरू र आर्किटेक्टहरूलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्दछ ।

हाल, रोकाप्यारिवेयरले ले नेपालभर १८ होटल ल्यान्डमार्क परियोजनाहरूमा सक्रिय रूपमा काम गरिरहेको छ ।

रोकाको बारेमा के छ ?
“रोका बाथरूम स्पेसको लागि उत्पादनहरूको डिजाइन, उत्पादन र व्यावसायीकरणमा संलग्न कम्पनी हो।

वास्तुकला, भवन र भित्री डिजाइनका लागि सिरेमिक फ्लोर र भित्ता टाइलहरू मिउनु यसको प्रमुख काम हो ।

यस कम्पनीको उत्पत्ति १९१७ बाट भएको हो, जब रोका परिवारले गाभा (बार्सिलोना) मानिर्माण शुरु गरेका थिए । यसले स्थापनाको शताब्दी सम्ममा २२६०० भन्दा बढी कामदारहरूलाई रोजगारी दिने लक्ष्य राखेको छ ।

रोकाको ७८ उत्पादन प्लान्टहरू छन् भने पाँच महाद्वीपहरूमा १७० भन्दा बढी शहरहरुमा यसको उपस्थिति रहेको छ । थपजानकारीको लागि, www.roca.com हेर्न र बुझ्न सकिने कम्पनिले जनाएको छ।

प्यारीवेरको बारेमा
प्यारीवेर, कम्पनीको पोर्टफोलियोको प्रमुख व्राण्ड हो ।रोका ग्रुप भनेको १.८ युरो बराबरको बिशाल स्पेनी कम्पनी हो जो विश्वस्तरमा वाथरुम क्षेत्रमा अग्रणी स्थानमा रहिआएको छ ।

रोकाको विश्वस्तरीय सोघ अनुशन्धान र प्रविधिको आधारमा प्यारीवेरले आम जनताका माझ आफ्नो विश्वस्नियता स्थापित गरेको छ जसकारण यो व्राण्ड भारतको बजारमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ ।

सुरुवाती दिनमा ईआईडी प्यारीबाट सुरुवात गरेको प्यारीवेर व्राण्ड आज आउदा ६० वसन्त पार गरिसकेको छ र भारतमा यो क्षेत्रमा प्रवेश गर्ने मध्यको यो सुरुवाती व्राण्ड हो ।

प्यारीवेरले आफुलाई विकाशोन्मुख प्रविधिको आधारमा वाथरुमको समाधानका लागी प्यारीवेर भन्ने चिनारी राखेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...