back

इप्पानले रजत जयन्ती मनाउने, माघ ४ गते २५ वर्षको उपलब्धि सार्वजनिक गर्ने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले स्थापनाको २५ औं वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ ।

इप्पानले बिहीवार ‘इप्पान रजत जयन्ती, २०८१’ बारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्दै विशेष कार्यक्रम माघ ४ गते काठमाडौंको मेरियट होटलमा आयोजना हुने जनाएको हो ।

‘लिडिङ इनर्जी टुवर्ड्स प्रोस्पेरिटी’ नारासहित हुने उक्त कार्यक्रममा इप्पानले विगत २५ वर्षमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गर्दै आगामी योजनाबारे चर्चा गर्ने इप्पानले जनाएको छ ।

देशको ऊर्जा र आर्थिक विकासमा इप्पानले पछिल्लो २५ वर्षमा १५ खर्बभन्दा बढी लगानी गरेको जनाएको छ । इप्पानले देशको ३३ सय मेगावाट जडित विद्युत् क्षमतामध्ये निजी क्षेत्रले ८० प्रतिशत अर्थात् २६०० मेगावाट उत्पादन गरिरहेको छ । ४१ सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा छन् भने १२ हजार पाँचसय मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौताका लागि पर्खाइमा छन् ।

रजत जयन्ती समारोहलाई विशेष बनाउन इप्पानले ऊर्जा क्षेत्रमा भएका चुनौती, अवसर र सम्भावनाबारे छलफल गर्न तीनवटा प्राविधिक सत्र संचालन गर्ने जनाएको छ । त्यसैगरी ‘ऊर्जा समृद्धि’ नामक विशेष स्मारिका प्रकाशित हुनेछ ।

अतिरिक्त क्रियाकलापअन्तर्गत फुटसल, ब्याडमिन्टन प्रतियोगिता, रक्तदान, ईभी ¥याली, निबन्ध लेखन, वृत्तचित्र निर्माण र फोटो प्रतियोगिता हुनेछन् । प्रतियोगितामा फुटसल र ब्याडमिन्टन विजेतालाई क्रमशः ३०, २०, र १० हजार रुपैयाँ पुरस्कार तोकिएको छ ।

निबन्ध लेखनका लागि पहिलो, दोस्रो, र तेस्रो स्थानले ५०, २५, र १५ हजार रुपैयाँ र वृत्तचित्र र फोटो प्रतियोगिताका विजेतालाई पनि ३०, २०, र १० हजार रुपैयाँ पुरस्कार तोकिएको छ।

मारोहमा प्रधानमन्त्री, ऊर्जा मन्त्री, अर्थमन्त्री लगायतका उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...