back

ठमेलस्थित एलओडी क्लब विश्वकै ४४ औँ उत्कृष्ट

काठमाडौं । एलओडी क्लबका निर्देशक भुपेन कुँवरले कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइ पु¥याएको बताएका छन् । सोमबार साँझ ठमेलस्थित एलओडी क्लबले विश्वकै ४४ औँ उत्कृष्ट बनेको अवसरमा आयोजित उत्सवमा उनले एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको भन्दै यसमा कर्मचारीको ठूलो भूमिका रहेको बताए ।

उनले भने, ‘यो क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरु हुनुहुन्छ । उहाँहरू नभए आज हामी यसरी तपाइहरूको अगाडि उभिन सक्दिन थियौं । उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईहरूको अगाडि उभिन सफल बनाएको छ । क्लबमा एक सय ५० जना भन्दा बढी कर्मचारीहरू छन् ।’ यस्तै, उनले क्लबको पहिलो प्राथमकिता एकपटक आइसकेका पाहुनालाई पुनः फर्काउनु र पाहुनाहरूलाई सुरक्षित राख्नु भएको बताए ।

उनले भने, ‘हामी यहाँ आउने सबै पाहुनालाई एकै नजरले हेर्छौ । यहाँको आतिथ्यताले पुनः ती पाहुनाहरू फर्केर आउनुहोस भनेर सम्मान गरेर पठाउँछौ । हामी नेपाली समाजदेखि टाढा छैनौ । हामी पनि यहीँ समाजका नागरिक हौँ । हामीप्रति कोही पनि नकरात्मक नभइदिनु होला । हामीले विःशुद्ध व्यवसाय गरेका हौँ । हाम्रो तर्फबाट राज्यलाई गर्नुपर्ने दायित्त्व पुरा गरेका छौ ।’

रात्रीकालीन व्यवसायका धेरै चुनौती रहेको कुँवरले सुनाए । क्लबप्रति हाम्रो मुलुकमा वा नेपाली समाजमा सकरात्मक धारणा बन्न नसकेको उनले गुनासो गरे । क्लब जाने मानिस बिग्रने विकृती ल्यायो जस्ता धारणा बन्ने गरेको उनले दुःखेसो पोखे ।

निर्देशक कुँवरले एलओडी क्लबले क्लबप्रतिको धारणालाई कता–कता चिर्न सकेको दाबी गरे ।  जहाँ क्लब जानु भनेको नराम्रो मानिने समाजमा हाम्रो जीवन रहेको उनको बुझाइ छ । उनले विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे । उनले भने, ‘नियत खराब भए त कसको के लाग्छ र? आज म दाबीको साथ भन्छु परिवारसहित क्लब आउने वातावरणको सुरुवात एलओडीले बनाएको भन्दा फरक नपर्ला,’ उनले अगाडि थपे,’ यहाँ परिवारसहित आएर आनन्दले नाँचेर मनोरन्जन गर्न सक्नुहुन्छ ।

अहिले काठमाण्डौँ आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको छ । यो मुलुकका लगि गौरवको विषय बनेको छ ।’ व्यवसायमा आउनु ठूलो कुरा होइन आएपछि आइपुगेको ठाउँमा कसरी टिक्न सकिन्छ त्यो महत्त्वपूर्ण रहेको उनको बुझाइ छ ।

उनले संविधानलाई सधैँ शिरोधार्य गरेको र नेपाली समाजदेखि टाढा नपुगेको बताए । क्लबमा आन्तरिक सजावटका लागि नयाँ स्वरूपमा बदल्न लागिएको छ । नयाँ सीट व्यवस्थापन भइसकेको छ । लाइट, म्युजिक सिस्टम र होल इन्टिरियरिङ डिजाइन परिवर्तन गर्ने योजना रहेको कुँवरले प्रस्ट पारे ।

nactional life
Corporatebazar 11 Anniversary

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

वि.सं.२०८२ चैत ३० सोमवार १५:४४

काठमाडौं । बुद्ध एयरले नयाँ बर्ष २०८३ बैशाख १ गतेदेखि...

नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

वि.सं.२०८१ फागुन २ शुक्रवार १६:०४

काठमाडौं । १४ फेब्रुअरी लाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको...

खुवा व्यवसायबाट मासिक १ लाख रुपैंयाँ आम्दानी

खुवा व्यवसायबाट मासिक १ लाख रुपैंयाँ आम्दानी

वि.सं.२०८१ माघ २९ मंगलवार ११:४५

हेटौंडा । हेटौँडा–१७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक एक...

पोखरा महानगरपालिकाले सुपथ मूूल्य पसल सञ्चालन गर्दै

पोखरा महानगरपालिकाले सुपथ मूूल्य पसल सञ्चालन गर्दै

वि.सं.२०८१ असोज १० बिहीवार १४:२०

काठमाडौं । पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल...

सुनको मूल्यमा कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ असोज १० बिहीवार ११:२०

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय...

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

वि.सं.२०८१ असोज ९ बुधवार १२:५६

काठमडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ...