back

नेपाल बैंक र एनसेलबीच सम्झौता, मोबाइल बैंकिङ प्रयोग गर्दा डाटा नि:शुल्क

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटा बीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाण्डौमा मंगलबार आयोजित एक समारोहमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेल एक्सीयाटाका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

यो सम्झौता अनुशार नेपाल बैंकमा खाता भएका ग्राहकहलाई एनसेलको सिम प्रयोग गरि नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुनेछ । नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुलाई यस अघि नै यो सुबिधा प्रदान गरिसकेको छ । अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्क मार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन ।

डिजिटल बैकिङ्गलाई प्रबद्र्धन गरी ग्राहकहरुलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ । कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले एनसेलसंग सहकार्य गरी नेपाल बैंकका ग्राहकलाई यस बैंकको मोवाइल बैकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था भएकोमा खुसी व्यक्त गर्नुभयो ।

आगामी दिनहरुमा एनसेल एक्सीयाटासंगको सम्बन्ध थप मजबुत हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । त्यसैगरी एनसेल एक्सीयाटाका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले नेपालको पहिलो बैंकसंग व्यवसायीक साझेदारी गर्न पाउदा आफू निकै हर्षित भएको बिचार व्यक्त गर्नुभयो ।

नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

बैंकले छिटो-छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल अधिराज्य बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

 


बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन (फोटोफिचर)

बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन (फोटोफिचर)

वि.सं.२०७९ जेठ ६ शुक्रवार १२:३३

काठमाडौं। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले प्रदर्शन गरेका छन्...

स्थापितको भन्दा डबल मत ल्याएर काठमाडौं महानगरमा बालेनको अग्रता

स्थापितको भन्दा डबल मत ल्याएर काठमाडौं महानगरमा बालेनको अग्रता

वि.सं.२०७९ जेठ २ सोमवार १०:५७

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६...

केके सर्थ राखेर अमेरिकि संसदीय टोलि फर्कियो,के नेपाल चीनलाई नियाल्ने अमेरिकी झ्याल हो?

केके सर्थ राखेर अमेरिकि संसदीय टोलि फर्कियो,के नेपाल चीनलाई नियाल्ने अमेरिकी झ्याल हो?

वि.सं.२०७९ वैशाख १२ सोमवार १५:१८

काठमाडौ। भर्खरै संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डलले गरेको काठमाण्डू...

बैंक तथा वित्तीय संस्थाको विदा सूची सार्वजनिक, २०७९ मा कुन–कुन दिन विदा छ (सूचीसहित)

बैंक तथा वित्तीय संस्थाको विदा सूची सार्वजनिक, २०७९ मा कुन–कुन दिन विदा छ (सूचीसहित)

वि.सं.२०७८ चैत ७ सोमवार १९:४९

काठमाडाैं । नेपाल राष्ट्र बैंकले वि.सं.२०७९ सालमा बैंक तथा वित्तीय...

प्रियंका कार्की क्रिप्टोकरेन्सीको विवादमा ,प्रहरीकहाँ पुगेर भनिन्  म आफैँ पीडित हुँ

प्रियंका कार्की क्रिप्टोकरेन्सीको विवादमा ,प्रहरीकहाँ पुगेर भनिन् म आफैँ पीडित हुँ

वि.सं.२०७८ चैत ६ आइतवार १८:३४

काठमाडौं। नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सी कारोबारलाई बढावा दिएको भन्दै अभिनेत्री...

निर्वाचनमा गाडी नचल्ने ठाउँमा उम्मेदवारले ४ वटा घोडा प्रयोग गर्न पाउने,आचारसंहितामा के के छ ?

निर्वाचनमा गाडी नचल्ने ठाउँमा उम्मेदवारले ४ वटा घोडा प्रयोग गर्न पाउने,आचारसंहितामा के के छ ?

वि.सं.२०७८ चैत ४ शुक्रवार ११:४८

काठमाडौं । निर्वाचनमा गाडी नचल्ने ठाउँमा ४ वटासम्म घोडा प्रयोग...