टिक्मोमार्फत आइएमई गर्दा बीवाइडी अट्टो १ ईभीदेखि आइफोन १७ सम्म जित्ने मौका
वि.सं.२०८२ पुस २९ मंगलवार
काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई लिमिटेडले “टिक्मोमार्फत आइएमई गरौँ, उपहार जितौँ” योजना सार्वजनिक गरेको छ। उक्त अभियान पौष २१ देखि चैत्र १७ सम्म सञ्चालनमा रहनेछ।
यस अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरी आइएमईमार्फत नेपाल पैसा पठाउँदा आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।
योजनाअनुसार, मेगा पुरस्कार अन्तर्गत एक जना भाग्यशाली विजेताले बीवाइडी अट्टो १ ईभी प्राप्त गर्नेछन्। त्यस्तै, मासिक रूपमा दुई जना विजेताले याडिया अविन ईभी स्कुटर जित्नेछन् भने साप्ताहिक रूपमा १२ जना भाग्यशाली विजेताले आइफोन १७ प्राप्त गर्ने अवसर पाउनेछन्। यसरी कुल १५ जना भाग्यशाली व्यक्तिहरू यस योजनाबाट लाभान्वित हुनेछन्। सबै विजेताको छनोट पारदर्शी डिजिटल लक्की ड्र मार्फत गरिने आइएमईले जनाएको छ।
वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरूले आफूले कमाएको रकम सुरक्षित रूपमा स्वदेशमा रहेका आफन्तको हातमा पुर्याउँदै आएका छन्। पछिल्लो समय डिजिटल भुक्तानी प्रविधि अझ सुलभ बन्दै गएको सन्दर्भमा आइएमईले डिजिटल रेमिटेन्ससँगै उपहार जित्ने अवसर समेत प्रदान गरेको जनाएको छ।
आइएमईका अनुसार वैदेशिक रोजगारी केवल रेमिटेन्स भित्र्याउने माध्यम मात्र नभई प्रविधि, सीप र अवसरको सदुपयोग गर्ने अवसर पनि हो। यही अवधारणालाई आत्मसात् गर्दै कम्पनीले डिजिटल माध्यममार्फत रेमिटेन्स प्रवर्द्धन गरिरहेको जनाएको छ।
आइएमई लिमिटेडबारे
आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचमा पुर्याउने लक्ष्य लिएको आइएमई लिमिटेडले सेवा शुभारम्भको २२औँ वर्षसम्म आइपुग्दा देशभर २२५ आइएमई सेन्टर, ७७ जिल्लामा फैलिएका करिब १२ हजार सब–एजेन्ट, तथा बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीले विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम छिटो, छरितो, विश्वसनीय र सुरक्षित रूपमा देशभर वितरण गर्दै आएको जनाएको छ।
प्रकाशित समय : १४:३६ बजे





















