back
himalayan life

हुँदै नभएको घर धितो राखी बैंकबाट ३३ लाख ७५ हजार ऋण, ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । हुँदै नभएको घर छ भनी नक्सा तयार गरी ऋण लिएर अनियमितता गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ। कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा हुँदै नभएको घर देखाएर बैंकबाट ३३ लाख बढी ऋण लिएकाे आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जोशीसहित सव–इन्जिनियर जय कुँवर, असिस्टेन्ट सव–इन्जिनियर तेज बहादुर सुनार र बेलडाँडी गाउँपालिका–२ का स्थानीय शान्ति नाथविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कर्मचारीसँगको मिलोमतोमा नाथले बेलडाँडी गाउँपालिका–२ स्थित कित्ता नम्बर ३५७, क्षेत्रफल ४०० बर्ग मिटर जग्गामा हुँदै नभएको घर, कोठा धितोमा राखेर सनराइज बैंकबाट ३३ लाख ७५ हजार ऋण लिएको आयाेगले जनाएकाे छ।

अख्तियारका अनुसार गाउँपालिकाका तत्काली प्रशासकीय अधिकृत जोशीसहितका कर्मचारीको मिलोमतोमा कागजात किर्ते गरिएको स्थलगत अनुसन्धानका क्रममा उक्त स्थानमा कुनै पनि भौतिक संरचना नभेटिएको खुलेको हाे।



Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...