back

भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसहित सातजना विरुद्ध मुद्दा दायर, पूर्वगृहमन्त्री रमेश लेखक लगायतमाथि छानबिन जारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव तिर्थराज भट्टराई सहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मुख्य प्रतिवादी सहसचिव भट्टराईविरुद्ध करिब ७९ लाख रुपैयाँ बिगो दाबी गरेको छ।त्यस्तै सोही अभियोगमा मुछिएका तत्कालिन गृहमन्त्री रमेश लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन महानिर्देशक तथा शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख रामचन्द्र तिवारी, लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट लगायतमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

अख्तियारले विहिबार विशेष अदालतमा दायर गरेको अभियोगपत्र अनुसार, तत्कालीन सहसचिव तिर्थराज भट्टराई, अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिलि होलिडेका सञ्चालक दिपक भण्डारी, ग्रिनलाइन सञ्चालक राम खड्का, सहायक कविता पौडेल, जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ ।भिजिट भिसामा विदेश जाने नेपालीहरुसँग अवैध रुपमा असुली धन्दा चलाएको आरोपमा अख्तियारले २०८१ चैत ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भट्टराईलाई पक्राउ गरेको थियो ।

nactional life
Corporatebazar 11 Anniversary

तस्करी नियन्त्रणमा रौतहट प्रहरीको अभियान : एकै महिनामा ४६ लाख बढी राजस्व संकलन

तस्करी नियन्त्रणमा रौतहट प्रहरीको अभियान : एकै महिनामा ४६ लाख बढी राजस्व संकलन

वि.सं.२०८३ जेठ ४ सोमवार १६:०२

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनाको अवधिमा...

राजनीति गर्ने भए ‘ब्लाक कोट’ फुकाल्नुस्, हामी तयार छौँ: सांसद समीक्षा बाँस्कोटा

राजनीति गर्ने भए ‘ब्लाक कोट’ फुकाल्नुस्, हामी तयार छौँ: सांसद समीक्षा बाँस्कोटा

वि.सं.२०८३ जेठ ४ सोमवार १४:५९

काठमाडौं । नेपालको लोकतान्त्रिक अभ्यासमा शक्ति पृथकीकरणको सिद्धान्त (Separation of...

‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल

‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल

वि.सं.२०८३ जेठ ४ सोमवार १४:४५

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले संसदलाई...

चीन–अमेरिका सम्बन्धको जहाजलाई सही दिशामा अगाडि बढाउन आवश्यक : सी जिनपिङ

चीन–अमेरिका सम्बन्धको जहाजलाई सही दिशामा अगाडि बढाउन आवश्यक : सी जिनपिङ

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०७

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन–अमेरिका सम्बन्धको जहाजलाई सही...

भोलिको विश्वलाई बुझ्न डायस्पोराको विज्ञता आवश्यक छ : परराष्ट्र मन्त्री

भोलिको विश्वलाई बुझ्न डायस्पोराको विज्ञता आवश्यक छ : परराष्ट्र मन्त्री

वि.सं.२०८३ जेठ ३ आइतवार १७:१४

काठमाडौँ । नेपाल सरकार, परराष्ट्र मन्त्रालयले युवा तथा डायस्पोरा (प्रवासी नेपाली)...

नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

वि.सं.२०८३ जेठ ३ आइतवार १६:५०

काठमाडौं । खाद्य प्रबिधि तथा गुणनियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा...