back
himalayan life

सिटिजन्स बैंकले सञ्चालनमा ल्यायो युवाका लागि ‘जेनजी सेभिङ्ग अकाउन्ट’

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवयुवालाई लक्षित गर्दै नयाँ बचत खाता ‘सिटिजन्स जेनजी सेभिङ्ग अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । मंसिर ८ गते बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस खाताको प्रारम्भ गरेका छन् ।

बैंकका अनुसार यस बचत खाताले विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा र डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैलीअनुसार वित्तीय आवश्यकतामा सहयोग गर्ने लक्ष्य राखेको छ । न्यूनतम रु १०० बाट खाता सञ्चालन गर्न सकिने र वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्राप्त हुने यो खाता युवाहरूका लागि विशेष आकर्षक रहेको छ ।

यस खाताका पहिलो वर्षका लागि चेकबुक, डिम्याट खाता, सि–आश्वा कमिशन र सि–आश्वा रेजिष्ट्रेशन निःशुल्क उपलब्ध गराइनेछ । साथै, एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै डिजिटल सेवा बन्डल गरेमा ५०० मा उपलब्ध हुने विशेष सुविधा राखिएको छ । यसले युवाग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल सुविधाको पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

ग्राहकहरूले ट्राभल कार्ड इश्यू चार्जमा ५० प्रतिशत छुट पाउनेछन् भने मोबाइल बैंकिङमा समर्पित जेन–जी ड्यासबोर्ड मार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिन सक्ने अवसर पाउनेछन् । त्यस्तै, पहिलो मोबाइल टप–अपमा २५ प्रतिशत नगद फिर्ता पनि प्राप्त हुनेछ । यस बचत खाताले युवाहरूलाई वित्तीय सेवामा सहज पहुँच र डिजिटल अनुभव उपलब्ध गराउने बैंकले विश्वास व्यक्त गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

वि.सं.२०८३ असार ३ बुधवार १३:५५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ दशमलव ५ प्रतिशत...