back

बैंकहरुको वित्तीय विवरण : कसले कति कमाए ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफामा गिरावट आएको छ । बैंकहरुले शुक्रबार प्रकाशन गरेको वित्तीय विवरण अनुसार नाफा १८.७८ प्रतिशत घटेको छ ।चालु आवको तीन महिनामा वाणिज्य बैंकहरुले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जबकि, गत आवको सोही अवधिमा ती बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

समिक्षा अवधिमा पाँच वटा बैंकको मात्रै नाफा वृद्धि भएको छ । सिटिजन्स बैंकले त झन २२ करोड ४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । समिक्षा अवधिमा ५ वटा बैंकले मात्र नाफा १ अर्ब नघाएका छन्। पहिलो त्रैमासमा सर्वाधिक नाफा कमाउनेको पहिलो सूचीमा ग्लोबल आइएमई बैंक देखिएको छ । बैंकले तीन महिनामा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २२.९१ प्रतिशत धेरै हो । गत वर्ष बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

दोस्रो धेरै नाफा भने नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ कमाएको छ ।यद्यपि बैंकको नाफामा १४.५६ प्रतिशत गिरावट आएको छ । प्राय: पहिलो सूचीमा पर्ने नबिल यसपाली पनि दोस्रो स्थानमा पुगेको छ ।

यता, प्राइम बैंकले नाफाको आधारमा आफ्नो पोजिशन तेस्रो स्थानमा ल्याएको छ । समिक्षा अवधिमा प्राइमले १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि, गत वर्षको तुलनामा भने २.२० प्रतिशत कमी हो ।

चौंथो सूचीमा रहेको एभरेष्ट बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । एभरेष्टको नाफा भने ४.५७ प्रतिशत बढेको हो ।

अर्ब क्लबको पाँचौं स्थानमा रहेको कुमारीले पनि तीन महिनामा १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कुमारीको नाफा २ प्रतिशत घटेको छ ।

पहिलो त्रैमासमा सर्वाधिक नाफा राष्ट्रिय वाणिज्य बैंकले २५.७२ प्रतिशत बढाएर ५ करोड ८७ लाख रुपैयाँ पुर्याएको छ । जबकि, गत वर्षको सोही अवधिमा बैंकले १५ करोड १३ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । नाफा वृद्धिदरमा ग्लोबल आइएमई दोस्रो स्थानमा छ ।

समिक्षा अवधिमा सानिमा बैंकको नाफा १३.८६ प्रतिशत र एनआइसी एशियाको १०.५३ प्रतिशत वृद्धि भएको छ । समिक्षा अवधिमा यी दुई बैंकले क्रमश: ४५ करोड ४९ लाख र १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

समिक्षा अवधिमा कृषि विकास बैंकको नाफा सर्वाधिक ९७ प्रतिशत घटेर ५७ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि ९६.९२ प्रतिशत, प्रभूको ४६.३३ प्रतिशत, नेपाल एसबिआइको ३८.४३ प्रतिशत, लक्ष्मी सनराइजको ३८.०४ प्रतिशत, एनएमबिको २०.०४, स्ट्याण्डर्ड चार्टर्डको १९.७२, माछापुच्छ्रेको १६.९५, सिद्धार्थको १५.१८, हिमालयनको ३.३१ र नेपाल बैंकको २.२० प्रतिशत घटेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...