back

इसेवा र शिखर इन्स्योरेन्सको ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक

काठमाडौं । नेपालीको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै नयाँ स्वास्थ्य बीमा योजना ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक भएको छ।

डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र निर्जीवन बीमा प्रदायक शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा “सहारा हेल्थ इन्स्योरेन्स” सार्वजनिक भएको हाे ।यस बीमा योजनाको मुख्य उद्देश्य देशभरका नागरिकहरूलाई सहज, भरपर्दो र डिजिटल माध्यमबाट स्वास्थ्य बीमा सेवा प्रदान गर्नु हो। यो योजना ५ वर्षदेखि ६५ वर्ष उमेर समूहका नागरिकहरूका लागि उपलब्ध हुनेछ।

सहारा हेल्थ इन्स्योरेन्स अन्तर्गत, बीमितले अस्पताल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार खर्च, ल्याब परीक्षण देखि दुर्घटना उपचारसम्मको सेवा सुविधा प्राप्त गर्न सक्नुहुनेछ।

यो बीमा योजना २ लाख, ३ लाख र ६ लाख रुपैयाँ बीमांकका विकल्पहरूमा उपलब्ध छ, र यसको प्रारम्भिक प्रिमियम मात्र रु १,३९९ बाट सुरु हुन्छ। यस सहारा हेल्थ इन्स्योरेन्स अन्तर्गत नेपालभरिका मान्यता प्राप्त अस्पतालमा उपचार गराएर क्यास रिइम्बर्समेन्ट गर्न सकिन्छ।

त्यसैगरी, बीमित व्यक्तिले देशभरका शिखर इन्स्योरेन्सका २६ वटा नेटवर्क अस्पतालहरूमा क्यासलेस उपचार सुविधा पनि प्राप्त गर्न सक्नुहुन्छ। यसले आकस्मिक अवस्थाहरूमा आर्थिक तनाव बिना उपचार सम्भव बनाउँछ।

साथै, यस योजनामा एक पटकको निःशुल्क टेलिहेल्थ सल्लाह सेवा पनि समावेश गरिएको छ। जसले बीमितलाई स्वास्थ्य सल्लाह लिन अझ सजिलो बनाउँछ। यस योजनाको विशेष पक्ष भनेको, ग्राहकले इसेवा एपमार्फत केही मिनेटमै यो बीमा खरिद गर्न सक्नेछन् । जुन प्रक्रिया सहज, छरितो र पूर्ण रूपमा डिजिटल हुनेछ। केही सरल चरणहरू पूरा गरेपछि बीमा पोलिसी तुरुन्तै एसएमएस र इमेलमार्फत प्राप्त हुन्छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...