एभरेष्ट बैंकको साधारण सभा : २० प्रतिशत लाभांश पारित
वि.सं.२०८२ कात्तिक १६ आइतवार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सभाले शेयरधनीहरुका लागि ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आ.व. २०८२/८३ को लागि जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।
प्रकाशित समय : १०:२९ बजे

















