कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा : सर्वसाधारणले मात्र किन्न पाउने
वि.सं.२०८१ चैत २१ बिहीवार
काठमाडौ। कुमारी बैंकले एक हजार ४३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले यी शेयर सर्वसाधारणहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो ।
शेयर किन्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिनुपर्नेछ ।
बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याइसकेको र तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुलाइएको हो ।
सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।
प्रकाशित समय : १०:४३ बजे






















