ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन
वि.सं.२०८१ चैत १५ शुक्रवार
काठमाडौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले कम्पनीको ५.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको छ। समायोजनपश्चात बैंकको शेयरमूल्य १ हजार ३४७ रुपैयाँ ४५ पैसा कायम भएको छ।
बिहीबार बैंकको शेयर प्रतिकित्ता १ हजार ४२४ रुपैयाँ ९३ पैसामा अन्तिम कारोबार भएको थियो।बैंकले चैत २७ गते होटल पिस प्यालेस हरि शंकर रोड बाग्लुङ्गमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ।
साधारण सभाले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर १.१०७१ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
प्रकाशित समय : १२:१७ बजे






















