back
Naima

९० मेगावाटको मस्र्याङ्दी नदी जलविद्युत् आयोजनामा लगानी जुट्यो

काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मस्र्याङ्दी नदीमा एम. ए. पावर प्रा. लि. ले निर्माण गर्ने ९० मेगावाटको मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा २०८१ माघ १८ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

लगानी सम्झौता एम. ए. पावर प्रा. लिका अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, सिद्धार्थ बैक लिमिटेड, कृषि बिकास बैक लिमिटेड लगायतका बिभिन्न बैंक तथा वित्तिय संस्थाहरुको रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।

स्वपुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशत सम्म स्वपुँजी लगानी गर्न पुर्व आवश्यक म्गभ म्ष्ष्निभलअभ क्तगमथ अगाडीे बढाएको कम्पनीका अध्यक्षले बताउनु भएको छ । यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड मार्फत सेतीखोला जलबिद्युत आयोजना २२ मे.वा. निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

आयोजनाको नेपाल बिद्युत प्राधिकरण सँग २०८० साल कार्तिक ०१ ग्तै बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने मिति २०८६ साल बैशाख २२ रहेको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्षले बताउनु भएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०/१३२ केभी मा जोडिने छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२५

काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न...

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२३

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:२६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्राइम कमर्सियल बैंक...