नेपाल बैंकका ग्राहकहरुलाई बुद्ध एयरमा विशेष छुट
वि.सं.२०८१ पुस २६ शुक्रवार
काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र नेपाल बैंक लिमिटेडका ग्राहकहरुलाई टिकट (Buddha Air office Counter) शुल्कमा ८ प्रतिशत र नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई कार्गो सर्भिसमा ३० प्रतिशतले छुट हुने भएकोे छ । सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी
अधिकृत प्रकाश कुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ्ग निर्देशक रुपेश जोशीले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले बुद्ध एयरबाट प्रदान गरिने हवाई साथै कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट सहित प्राप्त हुने सेवावाट लाभान्वित हुन सक्नेछन् ।
प्रकाशित समय : ११:३१ बजे





















