back

हिमालयन लाइफको नारायणगढ शाखाद्वारा १७ लाख बीमा दाबी भुक्तानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नारायणगढ शाखाले मृतक बीमितको परिवारलाई १७ लाख २३ हजार ५०० रुपैयाँ दाबी भुक्तानी गरेको छ।

कम्पनीले चितवनको भरतपुर महानगरपालिका–१४ निवासी बीमित कुम बहादुर तमाङको मृत्युपश्चात् उनकी श्रीमती यशु तमाङलाई बीमा दाबी बापत उक्त रकम प्रदान गरिएको हो ।

मृतक तमाङले २०७८ असार २१ गते नारायणगढ शाखाबाट सावधिक जीवन बीमा योजना अन्तर्गत बीमा गराएका थिए । उनले चार किस्ता बराबर ४ लाख ७९ हजार ७ सय ४८ रुपैयाँ बीमा शुल्क बुझाएका थिए । गत कार्तिक ३ गते बीमित तामाङको असामयिक निधन भएपछि उनका हकवालालाई बीमा दाबी रकमको चेक हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ।

कार्यक्रममा उप–प्रमुख हरि शर्मा पौडेलले जीवन बीमा बचत मात्र नभई आकस्मिक वित्तीय क्षतिबाट बच्ने सुरक्षित उपायसमेत भएको बताए । बीमा योजना अपनाउनुपर्ने आवश्यकताबारे जानकारी दिँदै उनले आर्थिक स्थायित्वका लागि बीमा महत्वपूर्ण रहेको उल्लेख गरे ।

बीमा दाबी रकम हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका उप–प्रमुख पौडेल, शाखा प्रबन्धक शिव शर्मा, एमडीआरटी दत्तप्रसाद, सिनियर एजेन्सी म्यानेजर हिमाल खनाल, एजेन्सी म्यानेजर इन्द्रप्रसाद अधिकारी, ज्ञानहरि खतिवडा, कला खनाल र एकबहादुर सिलुवाल उपस्थित रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...