सिटिजन लाइफले ४४७ जना विद्यार्थीलाई कपडा हस्तान्तरण गर्यो
वि.सं.२०८१ पुस ९ मंगलवार
काठमाडौं । सिटिजन लाइन इन्स्योरेन्स कम्पनीले विद्यार्थीलाई कपडा वितरण गरेको छ ।
कम्पनीले रोशी गाउँपालिका श्री मंगल जन विजय मा.वीका ४०० जना र श्री शान्ति बुद्ध आधारभुत विद्यालयमा ४७ जनालाई सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय ट्रायाक सुट वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख नायव कार्यकारी अधिकृत दिप बहादुर बि.सीले भने, ‘काभ्रेमा गत असोजमा अविरल वर्षाका कारण क्षति भएको कारण विद्यार्थीमा राहकत होस भन्ने हेतुले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।’ यसले विद्यार्थीको पढाइमा सहज हुने विश्वास व्यक्त उनले गरे ।
कार्यक्रमका विशेष अतिथि प्रमुख बजार व्यवस्थापक भूषण रिमालले असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गर्न पाउदा खुसी लागेको र विद्यार्थी भोलिको देशको कर्णधार भएको र विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गरे ।
समाजसेवी शिक्षासेवी शंख बुद्ध लामाले आफु संस्थापक भएको विद्यालयमा सहयोग गरेकोमा संस्थालाई धन्यवाद गर्दै बीमा बुढेकालमा सहारा हुने भएकोले बीमा सबैले गर्नुपर्ने कुरामा जोड दिए ।
एजेन्सी म्यानेजर अशोक बुद्ध लामाले बीमाले भविष्यमा हुनसक्ने जोखिम कम गर्ने भएकाले सबैले बीमा गनुपर्ने बताएका । साथै, उनले बीमा गर्नका लागि आफुलाई सम्झिन अनुरोध गरे ।
अतिथि प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलले ससाना विद्यार्थीको मुहारमा खुसी देख्दा खुसी लागेको बीमा सबैको लागि अवश्यक भएको बताए । बीमाले आर्थिक नोक्सानीलाई न्युनिकरण गर्न सकिने जनाए ।
प्रकाशित समय : १३:१५ बजे






















