back

सन नेपाल लाइफले गर्यो मार्केटिङ म्यानेजरलाई सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हेटौडा शाखामा कार्यरत मार्केटिङ म्यानेजरहरुलाई बिशेष सम्मान गरेको छ ।

बीमा बिज्ञ कवि फुयाल , प्रमुख बजार अधिकृत गणेश चौलागाईँ तथा गण्डकी प्रदेश प्रमुख ईश्वर विकल सापकोटाको विशेष आतित्थमा हेटौंडा शाखा प्रबन्धक पवन थापा मगरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न तह प्राप्त गर्ने अभिकर्ताहरु सम्मानित भएका छन् ।

प्रमुख बजार अधिकृत गणेश चौलागाईँ ले सन नेपालले ल्याएको नयाँ योजना आपतमा राहत जनताको दैनिक जनजीवनमा अति आवश्यक भएकोले यस बारेमा जनतालाई सचेत गराउन आग्रह गरे ।

पत्कालीन अवस्थामा उपचारको लागि यो योजनाले १ लाख रुपैयाँसम्म बीमितलाई उपचार खर्च उपलब्ध गराउने भएकाले यो योजना लोकप्रिय बन्दै गएको चौलागाईँले बताए ।

गण्डकी प्रदेश प्रमुख ईश्वर विकल सापकोटाले अभिकर्ताहरुलाई वीमासम्बन्धी जानकारी गराउँदै सुरक्षाको प्रत्याभूति गराउने पेसामा लाग्नुभएकोमा गौरवान्वित भई व्याबसायिक जीवनलाई अगाडि बढाउन समेत आग्रह गरे ।

कार्यक्रमका सभाध्यक्ष शाखा प्रबन्धक पवन थापा मगरले हेटौंडा शाखालाई प्रदेश स्तरीय कार्यालय बनाउनका लागि आफ्नो समूहले निरन्तर कार्य गर्दै आएको र सबैको सहयोगबाट नै व्यावसायिक जीवन र कम्पनीलाई अघि बढाउनलाई सहयोग मिल्ने बताए । साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद दिए ।

उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई फूलमालासहित सम्मान गरिएको थियो । साथै बीमा विज्ञ कवि फुँयालले बीमितको हितलाई प्रथमिकता दिँदै धैर्यशील भएर निरन्तर लागिरहे अभिकर्ता पेसाबाट सफलता प्राप्त गर्न सकिने बताए । फुँयालले अभिकर्ताको भुमिका डिजिटलाइजेसनको महत्वको विषयमा प्रकाश पारे ।

कार्यक्रम हेटौंडा स्थित एभोकाडो एण्ड अर्किड रिसोर्टमा सम्पन्न भएको थियो । कार्यक्रममा ६५ जना भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो भने उत्कृष्ट ब्यवसाय गर्ने २० जना भन्दा बढी अभिकर्ताहरुलाई सम्मान गरिएको थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...