प्रभा ज्ञवाली २०२५ को टीओटी बन्न सफल
वि.सं.२०८१ मंसिर २१ शुक्रवार
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडकी प्रभा ज्ञवाली सन २०२५ को लागी टीओटी बन्न सफल भएकी छिन् ।
पटक–पटक एमडीआरटी–सीओटीसम्मको यात्रा पार गर्न सफल भएकी ज्ञवाली लगातार तेस्रो पटकको लागी टीओटी बन्न सफल भएकी हुन् ।
कम्पनीको नवलपरासी शाखामा आवद्ध भइ व्यवसाय गरीरहेकी ज्ञवाली सन २०२३, २०२४ र २०२५ को लागि टीओटी बन्न सफल भएकी छिन् । आम अभिकर्ताहरु एमडीआरटी बन्न दिन–रात संघर्ष गरिरहेका छन् तर ज्ञवाली चाँही एमडीआरटी भन्दा ६ गुणा बढीको बीमा व्यवसाय गरेर लगातार टीओटी बन्दै आएकी छिन् । उनले २०२४ मा दुई करोड ८१ लाख रुपैयाँको व्यवसाय गर्दै २०२५ को टीओटी बन्न सफल भएकी छिन् ।
जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी नवलपरासीकी समाजसेवी प्रभा ज्ञवाली विगत २२ वर्षदेखि बीमा व्यवसायमा आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा परिचय बनाउन सफल भएकि छिन् । उनले गाउँका हजारौ मानिसहरुको बीमा गर्दै उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकि छिन् ।
प्रकाशित समय : १७:१२ बजे





















