back

सिटिजन लाइफको ३ दिने आवसिय कार्यक्रम सम्पन्न, दुई सय जना बढी सहभागी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित कार्यक्रम ‘सिटिजन एनुअल बिजनेस रिट्रीट २०८१’ पोखरामा सम्पन्न भएको छ ।

कम्पनीले आयोजना गरेको उक्त कार्यक्रम मंसिर १४ गतेदेखि १६ गते सम्म पोखरा स्थित होटेल ‘पोखरा ग्रान्ड’ मा सम्पन्न भएको हो । कार्यक्रमका मुख्य प्रशिक्षक अन्तराष्ट्रिय प्रशिक्षक विजय कुमार झाले सिटिजन लिडर्स हरुको क्षमता तथा आत्मविश्वास अभिबृद्धिलाई मध्यनजर गर्दै बिक्री कला विकास, व्यक्तित्व विकास, संचार, पेशा प्रती आत्मविश्वास, व्यक्तिगत प्रस्तुति लगायत (एमीडआटी) किन आवश्यक छ जस्ता विभिन्न कुराहरुको प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट सहभागिता जनाएका सिटिजन लिडर्सहरुले विविधतामा एकताको भावनालाई झल्काउदै आफ्ना संस्कृतिक पोशाक तथा मौलिक संस्कृतीमा नाच–गान गरेर कार्यक्रमलाई भव्य र उत्कृष्ट बनाएको कम्पनीले जनाएको छ ।

यसका साथै कार्यक्रममा उपस्थित सहभागीहरुलाई ७ वटा हाउसमा विभाजित गरी टिम निर्माणका लागि मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो । यस कार्यक्रमका साथै सिटिजन लाइफका अभिकर्ताहरुले पोखराका विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकन गरेर सो क्षेत्रका सामाजिक तथा आर्थिक वातावरणको बारेमा बुझ्ने मौका समेत पाएका थिए ।

एन्युअल बिजनेश रिट्रीट कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डर मदन कृष्ण कृष्णा श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल एवम् कम्पनीका प्रमुख मार्केटिङ अधिकृत भुषण रिमाल लगायत कम्पनीमा उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षित सहभागीहरूको क्षमता अभिबृद्धि हुने तथा व्यवसायमा सहयोग मिल्ने कम्पनीले विश्वास लिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल ज्यूले उपस्थित सम्पूर्ण सिटिजन लिडर्र्सहरुको मिहिनेत र परिश्रमको कदर गर्दै आउँदो दिनहरुमा अझै व्यापार वृद्धि र व्यक्तिगत वृद्धिको उच्च सम्भाव्यता रहेको विचार प्रस्तुत गरे ।

सो कुरालाई मध्यनजर गर्दै, सुचार गरिएको यस कार्यक्रमबाट उपस्थित सबै जनाले धेरै कुराहरुको ज्ञान प्राप्त गरेका र सिकेका कुराहरु आउने समयमा आधिकारिक र व्यक्तिगत जीवनमा काम लाग्ने आशा जनाउँदै यसै कार्यक्रममा Citizen earning point को उद्घघाटन पनि गरिएको थियो । कार्यक्रममा देश भरिबाट २५० जनाको सहभागिता रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...