back

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, भएन कुनै नीतिगत परिवर्तन

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

केन्द्रिय बैंकले शुक्रबार सार्वजानिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत परिवर्तन गरेको छैन।

समीक्षामा भनिएको छ, ‘मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।

२०८१ असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७.१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.४९ प्रतिशत रही वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ ।

मौद्रिक नीतिमा उल्लिखित ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दरलाई ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा आएको छ ।


नेशनल लाईफले गर्‍यो सुदुरपश्चिमका १६० बढी अभिकर्तालाई सम्मान

नेशनल लाईफले गर्‍यो सुदुरपश्चिमका १६० बढी अभिकर्तालाई सम्मान

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:०२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले धनगढीस्थित होटल रुवसमा सुदुर...

लक्ष्मी सनराइज बैंकले ललितपुरमा सेवा विस्तार गर्‍यो

लक्ष्मी सनराइज बैंकले ललितपुरमा सेवा विस्तार गर्‍यो

वि.सं.२०८१ मंसिर २३ आइतवार १४:३३

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता सीप विकास कार्यशाला सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता सीप विकास कार्यशाला सम्पन्न

वि.सं.२०८१ मंसिर २३ आइतवार १२:१५

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता सीप विकास कार्यशाला...

सिद्धार्थ बैंकले नगद लाभांश वितरण गर्ने

सिद्धार्थ बैंकले नगद लाभांश वितरण गर्ने

वि.सं.२०८१ मंसिर २३ आइतवार ११:३३

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले...

प्रभा ज्ञवाली २०२५ को टीओटी बन्न सफल

प्रभा ज्ञवाली २०२५ को टीओटी बन्न सफल

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:१२

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडकी प्रभा ज्ञवाली सन...

सानिमा बैंकद्वारा २०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

सानिमा बैंकद्वारा २०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:०४

काठमाडौं । सानिमा बैंकको २०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको...