नबिल बैंकद्वारा साधारण सभा आह्वान
वि.सं.२०८१ मंसिर २ आइतवार
काठमाडौं । नबिल बैंकले ४० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सभा मंसिर २७ गते डाक्ने निर्णय गरेको हो ।
नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ मंसिर ९ गते सम्म कायम शेयरधनीले बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीहरुलाई वितरण गरिने बैंकले जानकारी गराएको छ ।
प्रकाशित समय : १३:१० बजे





















