back

सन नेपाल लाइफद्वारा लुम्बिनी प्रदेशका मार्केटिङ म्यानेजरलाई सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश स्तरीय मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

सिद्धार्थ ग्रीन रिसोर्ट, चन्द्रौटामा आयोजित एक कार्यक्रममा लुम्बिनी प्रदेशका करिब २०० जना मार्केटिङ म्यानेजरहरू तथा शुक्र र चन्द्र क्लबमा पुग्न सफल अभिकर्तालाई विशेष रूपमा सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले जीवन बीमा अभिकर्ता पेशा सम्मानित र स्वतन्त्र रहेको बताउँदै थप उर्जाका साथ अघि बढ्न प्रेरित गरे। उनले सन नेपाल लाइफलाई नेपालमा डिजिटल प्लेटफर्ममा प्रवेश गर्ने पहिलो बीमा कम्पनीको रूपमा चिनाउँदै नवीनतम सुविधा दिने प्रतिबद्धता व्यक्त गरे।

मार्केटिङ म्यानेजर सन्तोष बस्नेतले सन नेपाल लाइफको दूरदर्शी सोच, ग्राहक र अभिकर्ता मैत्री योजना तथा कार्यक्रमको प्रशंसा गर्दै यस सम्मानले थप उर्जा प्रदान गरेको बताए।

चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले अभिकर्ता पेशामा सफलता प्राप्त गर्न निरन्तर मेहनतको आवश्यकता रहेको र यसबाट सम्मान र आम्दानी दुवै हासिल गर्न सकिने तथा आवश्यक पर्ने बिक्रीकलाको विषयमा प्रशिक्षण प्रदान गरे।

उक्त कार्यक्रममा कम्पनीका शीर्ष व्यवस्थापन, शाखा तथा उपशाखा प्रमुख तथा कर्मचारीहरू सहित २०० जनाभन्दा बढी मार्केटिङ म्यानेजरको उपस्थिति थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...