शाईन रेसुङ्गा डेभलपमेन्टले लाभांश घोषणा गर्यो
वि.सं.२०८१ कात्तिक २५ आइतवार
काठमाडौं । शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो। बैंकले कायम चुक्ता पूँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कार्तिक २३ गते शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रकाशित समय : ११:५४ बजे





















