नबिल बैंकको नगद लाभांश घोषणा
वि.सं.२०८१ कात्तिक १४ बुधवार
काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरूलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जानकारी गराएको छ । आर्थिक वर्ष २०७९/८० मा भने यस बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीहरूलाई वितरण गरिनेछ ।
प्रकाशित समय : १०:५३ बजे