back

माछापुच्छ्रे क्यापिटलको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाको प्रमुख आतिथ्यमा साधारण सभा आज सम्पन्न भएको हो ।

आज सम्पन्न यस साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.ब. २०८० /८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरु, आ.व. २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ती लगायतका प्रस्तावहरु पारित भएका छन् ।

कम्पनीको पाँचौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति कम्पनीका अध्यक्ष तथा यस सभाका सभापतिले धन्यवाद व्यक्त गरेका थिए । हाल कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २०८१ असोज १६ गते सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरि २०८१ असोज २१ गते योजना समेत दर्ता गरि स्वीकृतिको प्रक्रियार्थ रहेको उनले जानकारी गराए ।

यसका साथै, कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढि टेवा पुग्ने गरी कार्य गर्ने कुरामा विश्वास व्यक्त गरे । यसका साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले मार्ग दर्शन गर्ने तथा योगदान दिने मुख्य कम्पनी माछापुच्छ्रे वैंक लि।, नियमक निकायहरु, लेखापरीक्षकहरु, सेवाग्राही, कानूनविद्, संचारकर्मीहरु, विभिन्न सम्बद्ध संस्थाहरु, शेयरधनीहरु तथा कम्पनीका कर्मचारीहरु सबैलाई धन्यबाद व्यक्त गरे ।


तिहार तथा छठ बिदामा पनि वाणिज्य बैंकहरुले सेवा दिने

तिहार तथा छठ बिदामा पनि वाणिज्य बैंकहरुले सेवा दिने

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ११:१४

काठमाडौं । तिहारको बिदामा पनि बैंकहरुले सेवा दिएका छन् ।...

बेष्ट फाइनान्सको २७औं वार्षिक साधारण सभा सम्पन्न

बेष्ट फाइनान्सको २७औं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:५५

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न...

नेपाल बैंकका ग्राहकलाई एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसमा विशेष छुट

नेपाल बैंकका ग्राहकलाई एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसमा विशेष छुट

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:४८

काठमाडौं ।  नेपाल बैंकका ग्राहकले एएसजी आई केयर एण्ड हेल्थ...

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता

वि.सं.२०८१ कात्तिक १४ बुधवार १२:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच...

नबिल बैंकको नगद लाभांश घोषणा

नबिल बैंकको नगद लाभांश घोषणा

वि.सं.२०८१ कात्तिक १४ बुधवार १०:५३

काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंक...

सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १७:५६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मंगलबार आफ्नो २०औं वार्षिकोत्सव...