जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगारीबाट कमाए झण्डै ७२ करोड

वि.सं.२०८१ कात्तिक १३ मंगलवार

काठमाडौं । चालु् आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले वैदेशिक रोजगारीमा जानेहरूबाट ७१ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
साउनदेखि असोज महिनासम्म १३ वटा जीवन बीमा कम्पनीहरूले २१ लाख ८६ हजार ५५७ पोलिसी जारी गरेर यस्तो व्यापार गरेका हुन् । कम्पनीहरूले असोज महिनामा मात्रै ५३ हजार ३५५ पोलिसी जारी गरेर २२ करोड ५१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको नेपाल बीमा प्राधिकरणले सावर्जनिक गरेको तथ्यांकले देखाइएको छ ।
पहिलो त्रैमास (साउनदेखि असोज) महिनासम्म सबैभन्दा बढि वैदेशिक रोजगारीबाट सन नेपाल लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सले १० करोड बढिको व्यापार गरेका छन् भने दुई वाट बिमक गार्डियन माईक्रो र क्रेष्ट माईक्रो लाइफ इन्स्योरेन्सले (०) व्यापार नै नगरेको सावर्जनिक तथ्यांकमा छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सले ७ लाख २९ हजार १७९ पोलिसी जारी गरेर ३२ करोड ९१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । त्यसैगरी एशियन लाइफ इन्स्योरेन्सले पनि १ लाख ७ हजार २०५ पोलिसी जारी गरेर ११ करोड ९३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सले १ लाख १० हजार १८२ पोलिसी जारी गरेर ५ करोड ६८ लाख, नेपाल लाइफले ६ करोड ८० लाख,आइएमई लाफले १ करोड ३४ लाख, रिलायबल नेपालले ३ करोड २ लाख, सिटिजन लाइफले १ करोड ९५ लाख, सुर्यज्योतिले ३ करोड ९१ लाख, सानीमा रिलायन्सले ४ करोड ६ लाख, प्रभु महालक्ष्मी लाइफले ९ लाख र लिवर्टी माइक्रो लाइफले ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

प्रकाशित समय : १६:५८ बजे