वाणिज्य बैंकहरूले छुट्टाए २ अर्ब माथि कर्मचारी बोनस, कुनको कति ?
वि.सं.२०८१ कात्तिक ५ सोमवार
काठमाडौं । देशमा संचातिल २० वाणिज्य बैंकहरूले आफ्ना कर्मचारीहरूको लागि २ अर्ब भन्दा बढि बोनस छुट्टाएका छन् ।
२० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा कर्मचारीहरूको लागि २ अर्ब ६० करोड ५ लाख रुपैयाँ बोनोस छुट्टाएका हुन् ।
नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको तथ्यांक अनुसार सबै भन्दा बढि बोनस छुटाउने नबिल बैंक रहेको छ । बैंकले आफ्ना कर्मचारीहरूको लागि २६ करोड ३ लाख रुपैयाँ बोनस छुट्टाएको हो ।
त्यसैगरी बढि बोनस छुट्टाउनेमा ग्लोबल आइएमई बैक रहेको छ । बैंकले २४ करोड ८ लाख रुपैयाँ बोनोस छुट्टाएको छ भने तेस्रो नम्बरमा नेपाल एन्भेष्टमेन्ट मेगा बैंक रहेको छ ।
यो दुई महिनामा नेपाल बैंकले ४ करोड, नबिल बैंकले ६ करोड, स्ट्रयाण्डर्ड चाटर्ड बैंकले ९ करोड, हिमालयन बैंकले १८ करोड, नेपाल एसबी आई बैंकले ८ करोड, एभरेष्ट बैंकले १३ करोड एनआईसी एसिया बैंकले ९ करोड रुपैयाँ बोनोस छुट्टाएका छन् ।
त्यसैगरी साउन र भदौ महिनामा माछापुच्छ्रे बैंकले ६ करोड, कुमारी बैकले १७ करोड, लक्ष्मी बैंकले १३ करोड, सिद्धार्थ बैंकले ९ करोड, कृषि विकास बैंकले ६ करोड, सिटिजन्स बैंकले ९ करोड, प्राइम बैंकले १५ करोड, प्रभु बैंकले १४ करोड, एनएमबी बैंकले १२ करोड र सानिमा बैंकले १० करोड रुपैयाँ आपना कर्मचारीको लागि बोनोस छुट्टाएका छन् ।

प्रकाशित समय : १०:४० बजे






















