back
Naima

अब इन्टरनेटविना नै मोबाइलबाटै बैंकिङ कारोबार गर्न सकिने

काठमाडौं । इन्टरनेटविना नै मोबाइलबाटै बैंकिङ कारोबार गर्न सकिने सेवाका लागि नेपाल दूरसञ्चार कम्पनीलाई आग्रह गरिने भएको छ। नेपाल राष्ट्र बैंकले अनस्ट्रक्चर्ड सप्लिमेन्ट्री सर्भिस डेटा (यूएसएसडी)सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा यस किसिमको भुक्तानी उपयुक्त हुने निष्कर्ष निकालेको हो।

सन् २०२१ देखि सञ्चालनमा आएको नमस्ते पेले यस किसिमको सेवा दिँदै आए पनि सहज र सहुलियत नभएका कारण ठूलो क्षेत्र समेट्न नसकेको भन्दै राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले सेवा सुविधामा थप गर्न सुझाव दिएको हो।

प्रतिवेदनले इन्टरनेटविना नै भुक्तानी गर्न मिल्ने गरी सहुलियत दरमा यूएसएसडी पेमेन्ट कार्यान्वयनमा ल्याउन सकिने उल्लेख गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरण र राष्ट्रिय वाणिज्य बैंकको लगानीमा सञ्चालित नमस्ते पेबाट भुक्तानी महंगो र झन्झटिलो हुँदा सेवा प्रभावकारी नभएको भन्दै कम लागतमा भुक्तानी गर्न सकिने व्यवस्था गर्न भनेको छ।

बढ्दो मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङसँगै नेपाल साइबर आक्रमणको खतरा पनि बढ्दै जाँदा यस किसिमको भुक्तानीले लाभग्राहीको वित्तीय सुरक्षामा मद्दत पुर्‍याउने अध्ययनको निष्कर्ष छ।

नेपाल अहिले साइबर सेक्युरिटी इन्डेक्समा १०९औँ स्थानमा छ। वित्तीय भुक्तानीलाई अफलाइन केन्द्रित बनाउँदा साइबर सेक्युरिटीको वरीयतामा समेत सुधार हुने भन्दै सरकारले नै यस प्रकारको भुक्तानीलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने उल्लेख छ।

नेपालका ७३ प्रतिशत घरपरिवारले सामान्य मोबाइल फोन प्रयोग गर्ने र ७२ प्रतिशतले स्मार्टफोन प्रयोग गर्दै आएका छन्। कुल ६६ लाख ६६ हजार घरपरिवारले स्मार्ट फोनसँगै सामान्य फोन पनि प्रयोग गरिरहेकाले अफलाइनमा आधारित भुक्तानी सेवाको सम्भावना बढी रहेको अध्ययनले देखाएको छ। यस किसिमको सेवाले वित्तीय सेवाबाट वञ्चित भएका ग्रामीण क्षेत्रमा मानिसहरुलाई समेत डिजिटल बैंकिङमा समेट्न सकिनेछ।

प्रतिवेदनले नगद प्रवाहमा आएको कमीलाई अवसरको रुपमा लिँदै ग्रामीण क्षेत्र तथा इन्टरनेटको पहुँचमा पुग्न नसकेको क्षेत्रलाई समेत यो सेवाबाट बैंकिङ क्षेत्रमा समेट्न सकिने निष्कर्ष निकाल्दै यूएसएसडी पेमेन्ट सिस्टमलाई स्तरोन्नति गर्दै कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२५

काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न...

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२३

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:२६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्राइम कमर्सियल बैंक...