back

नेप्से परिसूचक २७ अंकले घट्यो, कति भयो कारोबार ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज शेयर बजार परिसूचक (नेप्से) २७.३९ अंकले घटेको छ ।

त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१६ अंक घटेको छ।

आज बजारमा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । दुई सय ४४ कम्पनीको शेयर कारोबार हुँदा २ सय ७ कम्पनीको मूल्य घटेको छ । ३५ कम्पनीको मूल्य बढ्दा २ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ ।

परिसूचकमा उच्च गिरावट हुँदा आज बजारमा १३ मध्ये १२ वटा उपसूचकमा गिरावट आएको छ । म्युचुअल फण्ड उपसमूह भने आन स्थिर रहेको छ । आज बजारमा सबैभन्दा धेरै गिरावट फाइनान्स कम्पनी उपसमूहको २.७६ प्रतिशतले भएको छ ।

बैंकिङ र माइक्रोफाइनान्स उपसमूहबाहेक बाँकी सबै उपसमूहका परिसूचकहरू १ प्रतिशत भन्दा धेरैले घटेको छ । शेयरमूल्य बढेका कम्पनीमध्ये मध्य सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । सर्वाधिक मूल्य घटेको इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले ८.५ प्रतिशत मूल्य गुमाएका छन् ।

आज एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको गिरावटसँगै बजार पुँजीकरण ४३ अर्बले घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...