back

वार्षिकोत्सव र चाडपर्व लक्षित माछापुच्छ्रे बैंकको ‘अफरै अफरहरु’, ५०% सम्म छुट

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २४औँ वार्षिकोत्सव तथा आउँदै गरेका महत्त्वपूर्ण चाडपर्वलाई लक्षित गर्दै डिजिटल सेवाहरुमा ‘अफरै अफरहरु’ संचालनमा ल्याएको छ । असोज १७ गतेबाट यो बैंक २४औँ वर्ष पार गरी २५औँ वर्षमा प्रवेश गर्दैछ ।

बैंकले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरुमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफरहरु ल्याएको छ । जसको फाइदा ग्राहकहरुले बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु जस्तैः मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड मार्फत लिन सक्ने बताइएको छ ।

बैंकले असोज १ देखि ३० गतेसम्मको अवधिका लागि यो छुट योजना ल्याएको हो । जस अन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा सतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा सतप्रतिशत छुट प्रदान गर्ने बताइएको छ ।

बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुष्ट २ हजार ४ सय रुपैयाँमा प्रदान गर्नेछ । साथै बैंकले मोबाइल बैंकिङ सेवाको सदस्यता शुल्कमा वार्षिक ५०% सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४% सम्मको छुट प्रदान गर्नेछ ।

यसै क्रममा बैंकको २४औँ वार्षिकोत्सव लक्षित यस योजना अन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विभिन्न मर्चेन्टहरुबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्ड मार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् ।

यसका साथै बैंकले असोज १ देखि १८ गतेसम्मको लागि डिजिटल कारोवारको प्रोत्सहान र प्रवर्द्धनको लागि बैंकको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेज मार्फत ग्राहकहरुको लागि क्विज कार्यक्रम सञ्चालन गर्ने र सही उत्तर दिने सहभागीहरुमध्ये भाग्यशाली विजेताले आकर्षक उपहार पाउनेछन् ।

साथै यस अभियान अवधिभर बैंकबाट जारी डिजिटल माध्यमहरुबाट कारोबार गर्ने ग्राहकहरु र डिजिटल भुक्तानी लिने मर्चेन्टहरुका लागि बैंकले विभिन्न मर्चेन्ट तथा भेन्डर्सहरुद्वारा प्रायोजित विविध उपहारहरु जस्तैः टिभी, मोबाइल फोन, ट्याब, स्मार्टवाच, रिचार्जकार्ड तथा आकर्षक गिफ्ट भौचरहरु प्रदान गर्नेछ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...