back

कुमारी बैंकले उद्यमशीलता प्रवर्द्धनका लागि क्युआर कारोबारकै धितोमा कर्जा दिने

काठमाडौँ । कुमारी बैंकले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिरहेको छ ।

देशका हरेक भागमा रहेका उद्यमशीलता प्रवर्द्धनका लागि ”देशैभरि वर्षैभरि“ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीहरूलाई वित्तीय सबलता प्रदान गर्ने हेतुले यो योजना सञ्चालन गरिरहेको हो ।

यस योजना अन्तर्गत उद्यमीहरूले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरूमा आफ्ना व्यवसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तीमा दुई व्यावसायिक कारोबारहरू लगातार ४ हप्ता भई मासिक कम्तीमा दश हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीहरूले दुई लाख सम्मको कर्जा कुनै पनि कागजात वा धितो बिना नै कुमारी बैंकको मोबाइल बैकिङ एप प्रयोग गरि सहजै लिन सक्ने छन् ।

यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एप मार्फत नै गर्न सकिने भएकोले व्यवसायीहरू कर्जा लिन तथा तिर्नका लागि बैंक जानु पर्ने छैन । यस सुविधाबाट साना उद्यमीहरू सहजै औपचारिक वित्तीय संयन्त्रमा आकर्षित हुने तथा उनीहरूको उद्यमशीलता प्रवर्द्धनमा केही टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

 


ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ चैत १४ बिहीवार १०:५४

काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम...

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त : ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त : ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत

वि.सं.२०८१ चैत १३ बुधवार ११:४५

काठमाडौं । नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)...

एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम

वि.सं.२०८१ चैत १३ बुधवार ११:३३

काठमाडौं। एनएमबि बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर...

ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

वि.सं.२०८१ चैत ११ सोमवार २२:३५

काठमाडौ। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५ को...

“महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा ।

“महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा ।

वि.सं.२०८१ चैत १० आइतवार १३:०२

काठमाडौं। महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैंकिङ्गको प्रवर्धन तथा डिजिटल भुक्तानीको...

बीमा क्षेत्रको हितका लागि सबै स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्छ : अध्यक्ष ओझा

बीमा क्षेत्रको हितका लागि सबै स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्छ : अध्यक्ष ओझा

वि.सं.२०८१ चैत १० आइतवार १२:४८

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रमा...