back

नेशनल लाइफ इन्स्योरेन्सको कूल बीमा शुल्क १६.६६ प्रतिशतले वृद्धि

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्सले कूल बीमाशुल्क १६.६६ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ ।

कम्पनीको शुक्रबार सम्पन्न ३६ औं वार्षिक साधारणसभामा अध्यक्ष प्रेमा सिंहले सो जानकारी गराएकी हुन् । उनका अनुसार आ.व.२०७९/०८० मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेका छन् । जसअनुसार कम्पनीको कूल बीमाशुल्क १६.६६ प्रतिशतले बृद्धि हुँदा रु.१,६८०.९० करोड पुगेको छ । यस्तै समिक्षा वर्षको संचालनवाट जम्मा रु.९३१.८३ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ भने कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.६,५४०.४० करोड पुगेको छ ।

यस्तै कूल लगानी १५.७२ प्रतिशतले बृद्धि भई रु.४,९७८.२० करोड पुगेको कम्पनीले जनाएको छ । कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशतले रु ९७,३३,१५० बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको पनि जनाएको छ । यस्तै ३६ औं वार्षिक साधारणसभाले आ.व. २०७९/०८० को लागि अद्यावधिक चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५ मा १० प्रतिशतका दरले नगद लाभांश रु.५०,११,६६,६४२/५० र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश रु.२०,०४,६६,६५७ साथै उक्त नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि रु.३,६९,२८,०६८/३९ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अरब पुर्याउनुपर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५ मा ४ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी रु.५,२१,२१,३३,०८२ पुगेको कम्पनीले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...