back

नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स “शेपिङ द फ्यूचर” सम्पन्न

nactional life

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि। ले “शेपिङ द फ्यूचर” भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ ।

कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यू को सभापतित्वमा आयोजना गरिएको सो सम्मेलनको पानसमा द्धिप प्रज्वलन गरी समुद्धघाटन गर्नुहुँदै अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले आ.व. २०८०/८१ मा कम्पनीले प्रथम बीमाशुल्क सहित समग्र सूचांकमा उत्कृष्टता हासिल गर्न सफल हुनुमा कम्पनीका बीमितवर्गहरु अभिकर्तावर्गहरु व्यवस्थापन र कर्मचारीहरुको अथक मेहनत, परिश्रम र लगनशिलताको कारणले नै सम्भव भएको हुँदा यस सफलताका लागि योगदान गर्नुहुने सम्पुर्णलाई बधाई ज्ञापन गर्नुभयो ।

साथै उहाँले आ.व. २०८०र८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरु लगायत सवैभन्दा बढि प्रिमियम संकलन गर्ने शाखाहरु र उत्कृष्ट ठहरिएका ५ शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्नु भएको थियो ।

जीवन बीमा व्यवसाय संग सम्वन्धित विभिन्न पाटोहरु र जीवन बीमा कम्पनीका चुनौतीहरुको विवेचनागरी आर्थिक बर्ष २०८१/८२ को लागि लक्ष्य निर्धारण गर्ने उदेश्यले आयोजना गरिएको सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसाथ गर्दै आपसी समन्वय गरी अगाडी बढेको कारणले नै कम्पनीको उच्च बोनस दरलाई यथावत राख्न सकिएको र प्रथम बीमाशुल्क ५०० करोड भन्दा बढि संकलन गर्न सफल भएको तथा अन्य सबै सुचांकहरुमा पनि सकरात्मक वृद्धि गर्न संभव हुनुमा आ–आफ्नो क्षेत्रबाट योगदान दिनुहुने सम्पुर्ण बीमित वर्गहरु अभिकर्ता वर्गहरु र कर्मचारीहरु, बधाईको पात्र रहेको बताउनु भयो साथै आगामी आर्थिक बर्षमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौति थपिएकोले उक्त चुनौती पुरा गर्न यस सम्मेलन लाभदायक रहने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सविता थापाले सम्पत्ति शुद्धिकरण सम्बन्धमा प्रशिक्षण दिनु हुदै बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सक्ने भएकोले सो तर्फ सचेत रहन आग्रह गर्नुहुँदै राष्ट्रिय हितका लागि आतंकवादि वित्तिय लगानी रोक्नु हामी सबैको कर्तव्य भएको वताउनु भयो साथै सो समारोहमा मोटिभेसनल ट्रेनर सुदिप बस्नेतले सहभागि कर्मचारीहरुलाई तालिम प्रदान गर्नु भएको थियो यसै गरी आर्ट अफ लिभिङका नेपालका वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र शैलेन्द्र हमालले सम्पुर्ण कर्मचारीहरुलाई तनाव व्यवस्थापन सम्वन्धमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

उपस्थित कर्मचारीहरुलाई यथेष्ट मनोरञ्जन प्रदान गरिएको सो सम्मेलनमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता लगायत सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४५

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा...

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:२०

काठमाडौँ । नेपालको निर्जीवन बीमा व्यवसायमा चालु आर्थिक वर्षको १०...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाका १२ वटा...

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५३

काठमाडौं। एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं...

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५०

काठमाडौं। साना तथा मझौला कर्जा लगानी लाई प्रोत्साहन गर्ने उद्धेश्यले...