back

बैंक ब्याजदर निरन्तर सस्तिँदै, कर्जाको ब्याजदर २.३१ प्रतिशत बिन्दुले घट्यो,कुन बैंकको कति कति छ ब्याजदर ?

राष्ट्र बैंकका अनुसार विकास बैंकको कर्जाको ब्याजदर ११.८९ प्रतिशत, वित्त कम्पनीको १३.११ प्रतिशत रहेको छ ।

काठमाडौं । बैंकहरुको कर्जाको ब्याजदर निरन्तर सस्तिँदै गएको छ । पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याजदर २.३१ प्रतिशत बिन्दुले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको बैशाखमा वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर औसत १२.६५ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही महिनामा भने यस्तो ब्याजदर १०.३४ प्रतिशत कायम भएको छ ।

गत चैत महिनामा पनि कर्जाको औसत ब्याजदर १०.५५ प्रतिशत रहेको थियो । चालु आवको सुरुवातदेखि नै कर्जाको ब्याजदर निरन्तर घट्दै आएको छ । गत साउनमा यस्तो ब्याजदर १२.२४ प्रतिशत रहेको थियो ।

यस्तै, भदौमा १२.२३ प्रतिशत, असोजमा १२.११ प्रतिशत, कात्तिकमा ११.९६, मंसिरमा ११.८५ प्रतिशत रहेको थियो । यस्तै, गत पुसमा ११.३९ प्रतिशत, माघमा ११.०८ प्रतिशत र फागुनमा ११.७८ प्रतिशत रहेको थियो ।

विशेषगरि बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । तर, कर्जाको माग भने न्युन छ । कर्जाको माग नबढ्दा निक्षेपको ब्याजदर पनि निरन्तर घट्दै आएको छ । जसले कर्जाको ब्याजदर पनि घटीरहेको छ ।

निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ । बैशाख महिनामा बैंकहरुको निक्षेपको औसत ब्याजदर ६.३५ प्रतिशत कायम भएको छ । एक वर्षको अवधिमा निक्षेपको ब्याजदर औसत १.७३ प्रतिशत बिन्दुले घटेको हो ।

गत वर्षको बैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ८.०८ प्रतिशत रहेको थियो । निक्षेपको ब्याजदर पनि महिनैपिच्छे घटेको छ । गत चैत महिनामा निक्षेपको ६.५३ प्रतिशत रहेको थियो ।

यस्तै, गत फागुनमा ६.७४ प्रतिशत, माघमा ७.०१ प्रतिशत, पुसमा ७.३२, मंसिरमा ७.६२ प्रतिशत, कात्तिकमा ७.७६ प्रतिशत, असोजमा ७.९० प्रतिशत, भदौमा ८.०६ प्रतिशत र साउनमा ८ प्रतिशत रहेको थियो ।

यसरी महिनैपिच्छे निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि घटेको हो । यता, लागत घट्दा बैंकहरुको आधार दर (बेस रेट) पनि घट्दै गएको छ । एक वर्षको अवधिमा आधार दर पनि १.९३ प्रतिशत बिन्दुले घटेको छ । गत वर्षको बैशाखमा बैंकहरुको आधार दर १०.२७ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही महिनामा आइपुग्दा भने ८.३४ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार विकास बैंकको कर्जाको ब्याजदर ११.८९ प्रतिशत, वित्त कम्पनीको १३.११ प्रतिशत रहेको छ ।

बैशाखमा विकास बैंकको निक्षेपको औसत ब्याजदर ७.३१ प्रतिशत र वित्त कम्पनीको ८.५५ प्रतिशत कायम भएको छ। यस्तै, आधार दर भने क्रमशः १०.१५ प्रतिशत र ११.६१ प्रतिशत कायम भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...