back

बैंक ब्याजदर निरन्तर सस्तिँदै, कर्जाको ब्याजदर २.३१ प्रतिशत बिन्दुले घट्यो,कुन बैंकको कति कति छ ब्याजदर ?

राष्ट्र बैंकका अनुसार विकास बैंकको कर्जाको ब्याजदर ११.८९ प्रतिशत, वित्त कम्पनीको १३.११ प्रतिशत रहेको छ ।

काठमाडौं । बैंकहरुको कर्जाको ब्याजदर निरन्तर सस्तिँदै गएको छ । पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याजदर २.३१ प्रतिशत बिन्दुले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको बैशाखमा वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर औसत १२.६५ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही महिनामा भने यस्तो ब्याजदर १०.३४ प्रतिशत कायम भएको छ ।

गत चैत महिनामा पनि कर्जाको औसत ब्याजदर १०.५५ प्रतिशत रहेको थियो । चालु आवको सुरुवातदेखि नै कर्जाको ब्याजदर निरन्तर घट्दै आएको छ । गत साउनमा यस्तो ब्याजदर १२.२४ प्रतिशत रहेको थियो ।

यस्तै, भदौमा १२.२३ प्रतिशत, असोजमा १२.११ प्रतिशत, कात्तिकमा ११.९६, मंसिरमा ११.८५ प्रतिशत रहेको थियो । यस्तै, गत पुसमा ११.३९ प्रतिशत, माघमा ११.०८ प्रतिशत र फागुनमा ११.७८ प्रतिशत रहेको थियो ।

विशेषगरि बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । तर, कर्जाको माग भने न्युन छ । कर्जाको माग नबढ्दा निक्षेपको ब्याजदर पनि निरन्तर घट्दै आएको छ । जसले कर्जाको ब्याजदर पनि घटीरहेको छ ।

निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ । बैशाख महिनामा बैंकहरुको निक्षेपको औसत ब्याजदर ६.३५ प्रतिशत कायम भएको छ । एक वर्षको अवधिमा निक्षेपको ब्याजदर औसत १.७३ प्रतिशत बिन्दुले घटेको हो ।

गत वर्षको बैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ८.०८ प्रतिशत रहेको थियो । निक्षेपको ब्याजदर पनि महिनैपिच्छे घटेको छ । गत चैत महिनामा निक्षेपको ६.५३ प्रतिशत रहेको थियो ।

यस्तै, गत फागुनमा ६.७४ प्रतिशत, माघमा ७.०१ प्रतिशत, पुसमा ७.३२, मंसिरमा ७.६२ प्रतिशत, कात्तिकमा ७.७६ प्रतिशत, असोजमा ७.९० प्रतिशत, भदौमा ८.०६ प्रतिशत र साउनमा ८ प्रतिशत रहेको थियो ।

यसरी महिनैपिच्छे निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि घटेको हो । यता, लागत घट्दा बैंकहरुको आधार दर (बेस रेट) पनि घट्दै गएको छ । एक वर्षको अवधिमा आधार दर पनि १.९३ प्रतिशत बिन्दुले घटेको छ । गत वर्षको बैशाखमा बैंकहरुको आधार दर १०.२७ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही महिनामा आइपुग्दा भने ८.३४ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार विकास बैंकको कर्जाको ब्याजदर ११.८९ प्रतिशत, वित्त कम्पनीको १३.११ प्रतिशत रहेको छ ।

बैशाखमा विकास बैंकको निक्षेपको औसत ब्याजदर ७.३१ प्रतिशत र वित्त कम्पनीको ८.५५ प्रतिशत कायम भएको छ। यस्तै, आधार दर भने क्रमशः १०.१५ प्रतिशत र ११.६१ प्रतिशत कायम भएको छ ।


ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

वि.सं.२०८२ असार २२ आइतवार १२:२३

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२...

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

वि.सं.२०८२ असार ५ बिहीवार २०:१०

काठमाडाैं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

वि.सं.२०८२ जेठ २२ बिहीवार १०:५८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर...

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

वि.सं.२०८२ जेठ १८ आइतवार १५:२९

काठमाडौं । पछिल्लो समय बैंकिङ्ग निक्षेप स्थिर रहेको छ ।...