back

सिटिजन्स बैंकद्वारा मोहन्याल कैलालीका विद्यालयलाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोहन्याल कैलाकीका विद्यालयलाई सहयोग प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोहन्याल, कैलालीमा अवस्थित भृकुटी माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयलाई हाल आवश्यक रहेको भौतिक पूर्वाधारका सामाग्रीहरु जस्तै डेस्क, बेन्च र राउन्ड टेबल उपलब्ध गराएको हो ।विगत ५५ बर्ष देखी संचालनमा रहेको र करिब एक हजार गरीब, जेहनदार विद्यार्थीहरु अध्ययनरत ती विद्यालयमा भौतिक पूर्वाधारको कमि रहेको हुँदा बैंकले सो सामाग्रीहरु प्रदान गरको हो । बैंकको यो कार्यबाट ती विद्यालयका विद्यार्थीहरुको पठनपाठनमा केही सहजता हुने र उनीहरुले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकले लिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा आप्म्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।


नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ४ शुक्रवार १८:२०

काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स...

मेरो माइक्रोफाइनान्सको १२औं वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित

मेरो माइक्रोफाइनान्सको १२औं वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित

वि.सं.२०८१ माघ ४ शुक्रवार १७:२३

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं...

कृषि बिकास बैंक कर्मचारी संघ नेपालको रक्तदान कार्यक्रम सम्पन्न

कृषि बिकास बैंक कर्मचारी संघ नेपालको रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ ४ शुक्रवार १७:१७

काठमाडौं । कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा कृषि विकास...

आईएमई लाइफमा शाखा र उपशाखा प्रमुखको माग

आईएमई लाइफमा शाखा र उपशाखा प्रमुखको माग

वि.सं.२०८१ माघ ४ शुक्रवार १३:५६

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातैवटा प्रदेश अन्तर्गतको...

विराटनगरमा कृषि तथा पशुपंक्षी बीमाको रियल टाईम सफ्टवेयर सम्बन्धी तालिम सम्पन्न

विराटनगरमा कृषि तथा पशुपंक्षी बीमाको रियल टाईम सफ्टवेयर सम्बन्धी तालिम सम्पन्न

वि.सं.२०८१ माघ ४ शुक्रवार १३:४८

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले पूर्वी नेपालको विराटनगरमा कृषि...

आइपीओ निष्कासनको अनुमति नपाउँदा जलविद्युत आयोजना समस्यामा पर्‍यो : अध्यक्ष कार्की

आइपीओ निष्कासनको अनुमति नपाउँदा जलविद्युत आयोजना समस्यामा पर्‍यो : अध्यक्ष कार्की

वि.सं.२०८१ माघ ४ शुक्रवार १३:२२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष...