एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नबाड्ने
वि.सं.२०८१ जेठ २५ शुक्रवार
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९८० को खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
कम्पनी सचिव श्याम बहादुर बोहोराका अनुसार बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने र लाभांश नबाड्ने गरी वित्तीय विवरण स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ ।
बैठकको निर्णय नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत जानकारी दिएको छ ।
प्रकाशित समय : १२:२२ बजे






















