प्रभु महालक्ष्मी लाइफका दुई संस्थापकको सेयर बिक्रीमा
वि.सं.२०८१ जेठ २४ बिहीवार
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीका दुई संस्थापक सेयरधनी विराट कुमार श्रेष्ठ र सुरेन्द्र सुवेदीले आफ्नो नाममा भएको संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।
श्रेष्ठको नाममा रहेको २७ हजार ३७५ कित्ता र सुवेदीको नाममा रहेको २ हजार ७४५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्न चाहाने जो कोहीले पनि आजैका मितिले ७ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालयमा निवेदन पेश गर्नुपर्ने छ ।
प्रकाशित समय : १३:०० बजे






















